Bizshala
  • शनिबार, पुष १९,२०८२ 03:56:18
Bizshala
Global IME Bank Limited

सामाजिक सञ्जालमा लगानीकर्ता भन्छन् ‘सरकारमा स्वार्थ समूह सक्रिय हुँदा गभर्नर नियुक्तिमा ढिलाई’

Hyundai Nepal
सामाजिक सञ्जालमा लगानीकर्ता भन्छन् ‘सरकारमा स्वार्थ समूह सक्रिय हुँदा गभर्नर नियुक्तिमा ढिलाई’
Shivam Cement

काठमाण्डौ ।   साताको पहिलो कारोबार दिन आज राम नवमीको कारण सेयर बजार बन्द रहेको छ । यही कारण आज हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोअन्तर्गत लगानीकर्ताहरुको बिचार सामाजिक सञ्जालबाट लिने प्रयास गरेका छौं ।  

आज सेयर बजार बन्द रहदा लगानीकर्ताहरु पनि सामाजिक सञ्जालमा फुसर्दिला देखिन्छन् । आज पनि बजारमा लगानीकर्ताहरु बीच गभर्नर नियुक्तिकै विषयले  स्थान पाएको देखिन्छ । अहिले पूँजीबजार लगायत समग्र अर्थतन्त्र नै नयाँ गभरर्नको प्रतिक्षामा रहेको देखिन्छ । सरकारले एक महिना पहिले नै नियुक्ति गर्नुपर्ने गभर्नर समयमा नै नियुक्त गर्न नसक्दा समाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट सरकारको आलोचना सुरु भएको छ ।  

नयाँ आउने गभर्नरका विषयमा लगानीकर्ताहरुले आ–आफ्नै धारणा बनाएको देखिन्छ । केहीले गभर्नरमा युवराज खतिवडा नै दोहोरिन सक्ने तर्क पनि गरेका छन् । केहीले भने अर्थमन्त्री भईसकेको व्यक्ति गभर्नर नहुने तर्क पनि गरेको सुनिन्छ । समाजिक सञ्जालमा एक लगानीकर्ताले युवराज खतिवडा गभर्नर बने लगानीकर्ताले अर्थतन्त्र र पूँजीबजार दुवै क्षेत्रको लागि राम्रो हुने तर्क राखेका छन् ।  

CG Motors
Bizshala
Garima Development Bank

केही लगानीकर्ताहरुले भने कुनैपनि पार्टीको सिफारिसबाट आएको गभर्नरले समग्र अर्थतन्त्र र पूँजीबजारलाई सम्बोधन गर्न नसक्ने दाबी गरेका छन् । यस्तै अर्काथरी लगानीकर्ताहरुले गभर्नर जुनसुकै पार्टीको सिफारिसमा आए ता पनि अर्थतन्त्र बुझेको र कुर्चिमा बसेपछि सबै क्षेत्रलाई समेट्न सक्ने निष्पक्ष रुपमा काम गर्ने व्यक्ति आउनु पर्ने तर्क गरेका छन् ।  

सामाजिक सञ्जालमा एक लगानीकर्ताले लेख्छन्  ‘महाप्रसाद जानु नै सेयर बजारको लागि समधान हो । अब सेयर बजारले गति लिन्छ। ’ उनलाई जवाफ दिँदै एक लगानीकर्ता लेख्छन्, ‘के रहेछ समस्या अब आउने दिनमा थाहा होला । ’

New Office
Laxmi Sunrise Bank Limited
IME remit

केही लगानीकर्ताले भने महाप्रसादको गभर्नरबाट घरफिर्तिसँगै सेयर बजारले नयाँ उचाई लिने प्रतिकृया दिएका छन् । अब आउने गभर्नर प्रजातान्त्रिक पार्टीबाट आउने भएको कारण जो सुकै आएपनि अबका वर्ष लगानीकर्ताहरुको लागि उत्कृष्ट वर्ष हुने उनीहरुको विश्वास छ।  

एक लगानीकर्ताले भने, ‘पूँजीबजारदेखि समग्र अर्थतन्त्र गभर्नरको व्यग्र प्रतिक्षामा रहेको छ । सरकार भने राष्ट्र बैंकबाट गभर्नर बिदा बसिसक्दा पनि मस्त निन्द्रामा र बिचौलियाको प्रभावमा परेको छ।’ ती लगानीकर्ताले थपे, ‘अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न नसक्नु भनेका अरु नियुक्ति जस्तै गभर्नरको नियुक्तिमा पनि सरकार बिचौलियाको प्रभावमा परेको हुन सक्छ ।’

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.