बुधबार, असार १०,२०८३ 12:03:46
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:03:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्यारिफ घोषणाका कारण सेयरबजार घट्दा यी तीन धनाढ्यको २३ अर्ब डलर स्वाहा

Laxmi Sunrise Bank Limited
ट्यारिफ घोषणाका कारण सेयरबजार घट्दा यी तीन धनाढ्यको २३ अर्ब डलर स्वाहा

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रेसिप्रोकल ट्यारिफको निर्णयले अमेरिकी सेयरबजारमा भारी गिरावट आउदा विश्वका शीर्ष ३ धनाढ्यले एकै रातमा अर्बौं डलर गुमाएका छन् ।  

गत बुधबार ट्रम्पले सबै देशबाट आयात हुने वस्तुहरुमा १० प्रतिशत ट्यारिफ लगाउने र यो निर्णय अप्रिल ५ गतेबाट लागू हुने घोषणा गरेका थिए । यस्तै उनले केही देश तथा क्षेत्र विशेषलाई ५० प्रतिशतसम्मको ट्यारिफको घोषणा पनि गरेका थिए । ट्रम्पको उक्त निर्णयले अमेरिका लगायत विश्वका सेयर बजारहरुमा व्यापक गिरावट आयो । अमेरिकी सेयर बजार मापक इन्डेक्स डाउ जोन्स, एस एण्ड पी ५०० र नास्डक इन्डेक्स बिहिबार र शुक्रबार ५ प्रतिशतभन्दा बढीले घटे ।  

New Office
CG Motors
Garima Development Bank

सेयर बजारको यो गिरावटका कारण टेस्ला कम्पनीका मालिक एलन मस्कले ३०.९ अर्ब डलर गुमाए । यस्तै अमेजनका मालिक जेफ बेजोसले २३.४ अर्ब डलर र मेटा कम्पनीका संस्थापक मार्क जुकरबर्गले २७.३४ अर्ब डलर गुमाए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बुलुमबर्गका अनुसार यो दुई दिनको अवधिमा विश्वका शीर्ष ५०० धनाढ्यको सम्पत्तिमा हालसम्मकै उच्च गिरावट आएको छ । ट्रम्पको नयाँ ट्यारिफ नीतिले विशेष गरी टेक कम्पनीहरुको सेयरमूल्य प्रभावित भईरहेका छन् । अधिकांश  अमेरिकी कम्पनीहरु कम्प्युटर चिप्स र आईटी सेवाका लागि चीन, भारत र ताईवान जस्ता देशहरुमाथि निर्भर रहेकाले अमेरिकी कम्पनीहरुको सेयरमूल्य खस्किएको जनाइएको छ ।  

ट्रम्पले ताईवानमाथि ३२ प्रतिशत,भारतमाथि २६ प्रतिशत र चीनमाथि ५४ प्रतिशत भन्सार शुल्क निर्धारण गरेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.