शनिबार, फाल्गुन १०,२०८१ 09:49:06
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:49:06
IME remit
Global IME Bank Limited

तेश्रो त्रैमासमा भारतको जीडीपी ग्रोथमा उछाल, अर्थतन्त्रमा यो वर्ष ७.६% को वृद्धि हुने

Hyundai Nepal
तेश्रो त्रैमासमा भारतको जीडीपी ग्रोथमा उछाल, अर्थतन्त्रमा यो वर्ष ७.६% को वृद्धि हुने
Nabil Bank Limited

काठमाण्डौ । भारत सरकारले चालू आर्थिक वर्ष २०२४ को तेस्रो त्रैमासमा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उछाल आएको तथ्यांक सार्वजनिक गरेको छ ।  

तेस्रो त्रैमासमा भारतको जीडीपी वृद्धि ८.४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको हो । भारतको जीडीपी ग्रोथ अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४.३ प्रतिशतमा सीमित थियो ।  

विश्वका शक्तिमान अर्थतन्त्रहरु समेत मन्दीमा गइरहेको बेला भारतले भने लगातार आर्थिक वृद्धि हासिल गरिरहेको छ । पछिल्लो खबरले त्यहाँ उछालको गतिमा आर्थिक वृद्धि भइरहेको देखाउँछ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

यसबाहेक, सरकारले ग्रस भ्यालू एडेड(जीभीए)मा पनि राम्रो समाचार प्राप्त गरेको छ। वार्षिक आधारमा जिभीए ४.८ प्रतिशतबाट बढेर ६.५ प्रतिशत पुगेको छ ।  

जनवरीसम्ममा वित्तीय घाटा चालु आर्थिक वर्षको लक्ष्यको ६३.६ प्रतिशत पुगेको छ । आठ आधारभूत उद्योगको वृद्धि जनवरीमा ३.६ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा आधारभूत उद्योगको उत्पादन ९.७ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्ष (आर्थिक वर्ष २४)मा नोमिनल जीडीपी वृद्धिदर वार्षिक आधारमा ९.४ प्रतिशतबाट बढेर १०.१ प्रतिशत पुगेको छ । उही समयमा, यो त्रैमासका लागि जीडीपी वृद्धि अनुमान ६.६ प्रतिशत थियो। यस्तो अवस्थामा आएको तथ्यांकले सबै अनुमान गलत साबित गरिदिएको छ ।  

यसैगरी, चालू आर्थिक वर्षको पहिलो नौ महिना (अप्रिलदेखि डिसेम्बरसम्म) वार्षिक आधारमा कुल गार्हस्थ्य उत्पादन(जीडीपी) ७.३ प्रतिशतबाट बढेर ८.२ प्रतिशत पुगेको छ । यसबाहेक अप्रिलदेखि डिसेम्बरसम्मको जीभीए वृद्धि वार्षिक आधारमा ६.९ प्रतिशतबाट बढेर ७.५ प्रतिशत पुगेको छ ।

चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नोमिनल जीडीपी वृद्धि वार्षिक आधारमा १६.१ प्रतिशतबाट घटेर ९.४ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमासमा खानी क्षेत्रको वृद्धिदर वार्षिक आधारमा १.४ प्रतिशतबाट बढेर ७.५ प्रतिशत पुगेको छ ।  

उत्पादन क्षेत्रको वृद्धि माइनस ४.८ प्रतिशतबाट बढेर ११.६ प्रतिशत पुगेको छ ।  

तेस्रो त्रैमासमा निर्माण क्षेत्रको वृद्धिमा कुनै परिवर्तन आएको छैन। यो वार्षिक आधारमा ९.५ प्रतिशतमा कायम छ ।  

त्यस्तै, औषधि क्षेत्रको वृद्धि तेस्रो त्रैमासमा ५.२ प्रतिशतबाट घटेर माइनस ०.८ प्रतिशतमा झरेको छ ।  

तेस्रो त्रैमासमा औद्योगिक वृद्धि ०.६ बाट १०.४ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर वार्षिक आधारमा ७.२ प्रतिशतबाट ७ प्रतिशतमा झरेको छ । यसबाहेक वार्षिक आधारमा सरकारी उपभोग वृद्धि ७.१ बाट घटेर ३.२ प्रतिशतमा पुगेको छ ।  

यसबाहेक प्राइभेट फाइनल कन्जब्सन १.८ प्रतिशतबाट बढेर ३.५ प्रतिशत पुगेको छ । पुँजी निर्माण वृद्धि(क्यापिटल फर्मेसन ग्रोथ) पाँच प्रतिशतबाट बढेर १०.६ प्रतिशत पुगेको छ । सार्वजनिक प्रशासन, रक्षा क्षेत्रको वृद्धि वार्षिक आधारमा ७.५ प्रतिशत छ।

वित्त र घर जग्गा क्षेत्रको वृद्धि ७ प्रतिशत छ । तेस्रो त्रैमासमा व्यापार, होटल, यातायात, दूरसञ्चार क्षेत्रको वृद्धि ६.७ प्रतिशत रहेको छ ।  

सरकारले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको अनुमान पनि परिवर्तन गरेको छ । सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ७.६ प्रतिशत रहनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन वृद्धि दर ७.६ प्रतिशत रहेको छ ।

(भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा तयार रिपोर्ट)

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.