काठमाण्डौ । आज बजारमा दिनभरजसो उतारचढाव देखियो । अन्त्यमा भने आज सेयरबजार ३३ अंकले घटेर बन्द भयो । आज बजार घट्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार पनि घटेको छ ।
प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट पनि तल खसेको छ । यो सँगै आज अघिल्लो कारोबारमा बनेको शुटिङ स्टार आज भ्यालिड बनेको छ । म्याक्डी मार्फत नियाल्दा यसअघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम भने फिक्का बनेको छ । आरएसआईले पनि न्यूट्रल जोनमा ‘एम’ आकार बनाएर तल खसेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा आज बजारमा तीव्र बिक्री दबाब परेको देखिन्छ ।
पिभट् मार्फत अबको सपोर्टहरुलाई नियाल्दा अब बजारले घटेमा सपोर्टहरु क्रमशः २६६० , २६१८ र २५८० विन्दुमा लिन सक्छ । त्यसैगरि बढेमा भने बजारले क्रमशः २७३९, २७७५ र २८१८ विन्दुमा कडा प्रतिरोध सामना गर्न सक्छ ।
नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।