आईतवार, फाल्गुन ३,२०८२ 10:51:45
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:51:45
Bizshala
Global IME Bank Limited

९० दिनका लागि ट्यारिफ स्थगित भएसँगै आज एशियाली सेयर बजारमा उछाल

९० दिनका लागि ट्यारिफ स्थगित भएसँगै आज एशियाली सेयर बजारमा उछाल
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करको घोषणामा ९० दिनको लागि रोक लगाएसागै बिहीबार एशिया प्यासिफिक क्षेत्रको सेयर बजार उकालो लागेको छ ।

जापान, दक्षिण कोरिया र अष्ट्रेलियाको सेयर बजारको प्रारम्भिक कारोबारमा उछाल देखिएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जापानको निक्केई२२५ इन्डेक्समा ८.४५ प्रतिशतले बढेको छ । यस्तै टोपिक्स इन्डेक्समा पनि ७ प्रतिशत बढीको वृद्धि देखिएको छ । योसँगै दक्षिण कोरियाको कोस्पी इन्डेक्स र अष्ट्रेलियाको एएसएक्स २०० मा ५ प्रतिशत बढीको वृद्धि भएको छ ।

चीनको सेयर बजार मापक इनडेक्स सीएसआई३०० पनि १.६७ प्रतिशतले बढेको छ । यस्तै हङकङको हाङसेङ इन्डेक्स पनि ४.२६ प्रतिशतको वृद्धिका साथ कारोबार गरिरहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच, यसअघि बुधबार ट्रम्पले अधिकांश देशका लागि करवृद्धि ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेपछि अमेरिकी सेयर बजारमा समेत उछाल आएको थियो ।

अमेरिकी स्टक इन्डेक्स नास्डक १२.२ प्रतिशत, डाउ जोन्स ७.९ र एस एण्ड पी ९.५ प्रतिशतले बढेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा कर बढाएर १२५ प्रतिशत पुर्याएका छन् । यससँगै उनले विश्वका बाँकी मुलुकका लागि उच्च महसुलमा ९० दिनका लागि स्थगन गर्न स्वीकृत गरेका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.