बुधबार, भाद्र २५,२०८२ 05:48:05
  • बुधबार, भाद्र २५,२०८२ 05:48:05
Global IME Bank Limited

९० दिनका लागि ट्यारिफ स्थगित भएसँगै आज एशियाली सेयर बजारमा उछाल

Hyundai Nepal
९० दिनका लागि ट्यारिफ स्थगित भएसँगै आज एशियाली सेयर बजारमा उछाल

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करको घोषणामा ९० दिनको लागि रोक लगाएसागै बिहीबार एशिया प्यासिफिक क्षेत्रको सेयर बजार उकालो लागेको छ ।

जापान, दक्षिण कोरिया र अष्ट्रेलियाको सेयर बजारको प्रारम्भिक कारोबारमा उछाल देखिएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जापानको निक्केई२२५ इन्डेक्समा ८.४५ प्रतिशतले बढेको छ । यस्तै टोपिक्स इन्डेक्समा पनि ७ प्रतिशत बढीको वृद्धि देखिएको छ । योसँगै दक्षिण कोरियाको कोस्पी इन्डेक्स र अष्ट्रेलियाको एएसएक्स २०० मा ५ प्रतिशत बढीको वृद्धि भएको छ ।

चीनको सेयर बजार मापक इनडेक्स सीएसआई३०० पनि १.६७ प्रतिशतले बढेको छ । यस्तै हङकङको हाङसेङ इन्डेक्स पनि ४.२६ प्रतिशतको वृद्धिका साथ कारोबार गरिरहेको छ ।  

यसैबीच, यसअघि बुधबार ट्रम्पले अधिकांश देशका लागि करवृद्धि ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेपछि अमेरिकी सेयर बजारमा समेत उछाल आएको थियो ।

अमेरिकी स्टक इन्डेक्स नास्डक १२.२ प्रतिशत, डाउ जोन्स ७.९ र एस एण्ड पी ९.५ प्रतिशतले बढेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा कर बढाएर १२५ प्रतिशत पुर्याएका छन् । यससँगै उनले विश्वका बाँकी मुलुकका लागि उच्च महसुलमा ९० दिनका लागि स्थगन गर्न स्वीकृत गरेका छन् ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.