काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी तथा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १६५ रुपैयाँ तोकिएको छ ।
बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ । इच्छुक लगानीकर्तालेले वैशाख ८ गतेभित्र आवेदन दिई सक्नुपर्नेछ ।