• बिहीबार, भाद्र २६,२०८२ 04:41:33
Global IME Bank Limited

दक्षिण कोरियाद्वारा सेमिकन्डक्टर उद्योगका लागि २३ अर्ब डलरको सहायता प्याकेज घोषणा

Hyundai Nepal
दक्षिण कोरियाद्वारा सेमिकन्डक्टर उद्योगका लागि २३ अर्ब डलरको सहायता प्याकेज घोषणा

काठमाण्डौ । दक्षिण कोरियाले देशको सेमिकन्डक्टर उद्योगको सहायत प्याकेज बढाउने घोषणा गरेको छ । अमेरिकी ट्यारिफ नीति र बढ्दो चिनियाँ प्रतिष्पिर्धासँगै दक्षिण कोरियाली सरकारले सेमिकन्डक्टर उद्योगलाई २३.२५ अर्ब डलर(३३ ट्रिलियन कोरियन वन) सहायता प्रदान गर्ने घोषणा गरेको हो ।  

गत वर्ष भने सेमिकन्डक्टर उद्योगलाई २६ ट्रिलियन वनबराबरको सहायता प्याकेज उपलब्ध गराइएको थियो । यस्तै दक्षिण कोरियाली सरकारले चिप उद्योगका लागि पनि २० ट्रिलियन वनबराबरको आर्थिक सहायता कार्यक्रमको घोषणा गरेको छ । यसअघि यस्तो सहायता १७ ट्रिलियन वन थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दक्षिण कोरियाली कम्पनीहरुले विश्वस्तरमा प्रतिष्पर्धा गर्न भारी खर्चको सामना गर्नु परिरहेको बेला प्रमुख चिप क्षेत्रमा लगानी खन्याउने योजना बनाएको हो । एशियाको चौथो ठूलो अर्थतन्त्रको रुपमा रहेको दक्षिण कोरिया विश्वकै उच्च चिप निर्माताहरु जस्तै सामसुङ इलेक्ट्रोनिक्स र एसके हाईनिक्स जस्ता कम्पनीहरुको केन्द्र हो । यद्यपी यी कम्पनीहरु चिप डिजाइन र कन्ट्राक्ट चिप उत्पादनमा आफ्ना प्रतिष्पर्धिहरुको तुलनामा पछि पर्दै आईरहेका छन् ।  

सन् २०२४ मा दक्षिण कोरियाले १४१.९ बिलियन डलरबराबरको सेमिकन्डक्टर निर्यात गरेको थियो । जसन देशको कुल निर्यातको २१ प्रतिशत हुन आउछ । यो अवधिमा दक्षिण कोरियाबाट अमेरिकामा ४६.६ बिलियन डलर र चीनमा १०.७ बिलियन डलरबराबरको सेमिकन्डक्टर निर्यात भएको थियो ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार अमेरिकामा आयात हुने सेमिकन्डक्टरमा आगामी सातादेखि नयाँ ट्यारिफको घोषणा गरिने बताएका थिए । यस्तै उनले केही कम्पनीहरुका लागि भने केही लचकता अपनाइने बताएका छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.