काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताएका छन् । ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
‘इरान हामीसँग सम्झौता गर्न चाहन्छ, तर कसरी भन्ने थाहा छैन। हामीले शनिबार भेट्यौँ। अर्को शनिबार अर्को बैठक हुँदैछ, ’ट्रम्पले भने ‘हुनसक्छ उनीहरूले यो विषयलाई तन्काउदैछन्। तर इरानले आणविक हतियारको विचार त्याग्नुपर्छ। उनीहरूसँग यी हतियार हुनुहुँदैन ।’
ट्रम्पले भने, ‘आवश्यक परे कडा कदम चाल्नेछौं। हाम्रो लागि होइन, विश्वका लागि। यी कट्टरपन्थी मानिसहरू हुन्, उनीहरूसँग आणविक हतियार हुनुहुँदैन।’
परमाणु मुद्दामा अमेरिका र इरानबीच भेटवार्ता भएको छ । अर्को बैठक ओमानमा हुनेछ । यदि यो सम्झौता भयो भने, इरान विरुद्ध अमेरिकी प्रतिबन्ध हल्का हुन सक्ने जनाइएको छ ।