बुधबार, श्रावण ६,२०८३ 02:33:02
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 02:33:02
Bizshala
Global IME Bank Limited

नेपालमा क्रस बोर्डर भुक्तानीका लागि एनसीएचएल र मास्टर कार्डबीच रणनीतिक साझेदारी

नेपालमा क्रस बोर्डर भुक्तानीका लागि एनसीएचएल र मास्टर कार्डबीच रणनीतिक साझेदारी
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड र भुक्तानी उद्योगमा सञ्चालित विश्व प्रविधि कम्पनी मास्टर कार्डले नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि मास्टरकार्ड कार्ड प्रयोग गरी क्यूआर भुक्तानीका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।  

एनसीएचएलको नेपाल पे क्यूआर र नेपालमा इन्टरपोरेबल क्यूआर मेचैन्ट व्यापारीहरूमा स्थानीय जस्तै भुक्तानी गर्न अन्तर्राष्ट्रिय मास्टर कार्ड कार्डधारकहरूलाई सहज र सुविधाजनक भुक्तानी अनुभव प्रदान गर्ने उद्देश्यका साथ दुवै पक्षहरूले एक अद्वितीय भुक्तानी प्रयोग अन्वेषण गर्ने जनाइएको छ।

यस सम्झौताले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई स्थानीय क्यूआर व्यापारीहरूमा उनीहरुको मास्टर कार्डहरू प्रयोग गरेर डिजिटल भुक्तानीहरू गर्न थप प्लेटफर्म प्रदान गरेर देशभरका उपभोक्ताहरू र व्यापारीहरूद्वारा डिजिटल भुक्तानी अपनाउने क्षमता बढाउने विश्वास लिइएको छ। नेपाल पे क्यूआरको नेपालमा करिब १० लाख मर्चेन्टहरु छन् भने मास्टर कार्डले विश्वव्यापी रूपमा ३.१ अर्ब बिलियन कार्डहरू जारी गरेको छ। एनसीएचएल ्र मास्टर कार्डबीचको यो संलग्नताले नेपालको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रिय कारोबारका लागि ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.