बुधबार, असार १०,२०८३ 12:05:13
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:05:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्प प्रशासनले दियो हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने धम्की

Laxmi Sunrise Bank Limited
ट्रम्प प्रशासनले दियो हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने धम्की

काठमाण्डौ । अमेरिकाको ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई अर्को धम्की दिएको छ । ट्रम्प प्रशासनले विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध लगाउन सक्ने बताएको छ ।

अमेरिकाको होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले युनिभर्सिटीलाई ‘राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने’ र ‘सेमिटिज्मको चपेटामा परेको’ आरोप लगाएकी छन्।

New Office
CG Motors
Garima Development Bank

उनले विश्वविद्यालयलाई पत्र लेखेर आफ्ना विदेशी विद्यार्थीको ‘अवैध र हिंसात्मक’ गतिविधिको विस्तृत अभिलेख राख्न माग गरेकी छन् । यो वर्ष हार्वर्ड विश्वविद्यालयको भर्नामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या २७ प्रतिशत भन्दा बढी छ।

हार्वर्ड विश्वविद्यालयले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पठाएको मागको सूची स्वीकार गर्न अस्वीकार गरेको थियो । ह्वाइट हाउसले विश्वविद्यालयको प्रशासन, भर्ना र भर्ना प्रक्रियामा परिवर्तन गर्न माग गर्दै सूची पठाएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जबकि हार्वर्ड विश्वविद्यालयले यी मागहरूलाई अस्वीकार गर्दै ह्वाइट हाउसले यसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको बताएको छ। यसपछि ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिएको दुई अर्ब अमेरिकी डलरको कोष रोक्ने घोषणा गरेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.