काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी वृद्धि भएको छ । संस्थाले चालु आर्थिक वर्ष २०८१/८१ को तेस्रो त्रैमाससम्ममा २ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाले २ करोड २४ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले तेस्रो त्रैमाससम्ममा ८ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५६.६६ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ५ करोड ६९ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्म संस्थाले ४ करोड १४ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको कमिशन आम्दानी ५ लाख ७० हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी २ करोड ३ लाख रुपैयाँ रहेको छ ।
संस्थाको कर्मचारी खर्च ४ करोड ८६ लाख र अन्य सञ्चालन खर्च १ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यस्तै संस्थाको रिजर्भको आकार २२.२५ प्रतिशतले बढेर ५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ४० करोड ३८ लाख र कर्जा प्रवाह १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपातमा बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २.६९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.०१ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३१.२० रुपैयाँ,प्रतिसयर नेटवर्थ १४६.२६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३५.६६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ९४.२० गुणा र तरलता अनुपात ७.८६ प्रतिशत रहेको छ ।