आईतवार, कार्तिक १,२०८३ 11:20:52
  • आईतवार, कार्तिक १,२०८३ 11:20:52
Global IME Bank Limited

गुराँस लघुवित्तको खुद नाफा र आम्दानी बढ्यो, इपीएस कति ?

Bizshala
गुराँस लघुवित्तको खुद नाफा र आम्दानी बढ्यो, इपीएस कति ?
New Office

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी वृद्धि भएको छ । संस्थाले चालु आर्थिक वर्ष २०८१/८१ को तेस्रो त्रैमाससम्ममा २ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाले २ करोड २४ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले तेस्रो त्रैमाससम्ममा ८ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५६.६६ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ५ करोड ६९ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

समीक्षा अवधिसम्म संस्थाले ४ करोड १४ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको कमिशन आम्दानी ५ लाख ७० हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी २ करोड ३ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको कर्मचारी खर्च ४ करोड ८६ लाख र अन्य सञ्चालन खर्च १ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यस्तै संस्थाको रिजर्भको आकार २२.२५ प्रतिशतले बढेर ५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ४० करोड ३८ लाख र कर्जा प्रवाह १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाको खराब कर्जा अनुपातमा बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २.६९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.०१ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३१.२० रुपैयाँ,प्रतिसयर नेटवर्थ १४६.२६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३५.६६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ९४.२० गुणा र तरलता अनुपात ७.८६ प्रतिशत रहेको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.