काठमाण्डौ । जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ मा तीन महिनाकै उच्च साप्ताहिक वृद्धि देखिएको छ । शुक्रबार निक्की२२५ इन्डेक्स १.०३ प्रतिशत अर्थात ३५२.६८ अंकले बढेको छ । यससँगै निक्की२२५ इन्डेक्स ३४ हजार ७३०.२८ विन्दुमा पुगेको छ ।
इन्ट्रा डे कारोबारमा निक्की२२५ इन्डेक्स ३४ हजार ७५८ विन्दुको उचाईमा पुगेको छ । साप्ताहिक रुपमा निक्की२२५ इन्डेक्स ३.४१ प्रतिशतले बढ्यो । जुन जनवरी २० पछिकै उच्च हो ।
बिहिबार जापानका अर्थमन्त्री रियोसेई अकाजावाले ट्रम्पसँगको भेटमा जापानलाई उच्च प्राथमिकतामा राखेको बताएका थिए ।