सोमबार, बैशाख ७,२०८३ 01:41:54
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 01:41:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

समृद्धि फाइनान्स ३.५७ करोड घाटामा, वितरणयोग्य मुनाफा ६८.४९ करोड ऋणात्मक

Bizshala
समृद्धि फाइनान्स ३.५७ करोड घाटामा, वितरणयोग्य मुनाफा ६८.४९ करोड ऋणात्मक
Shivam Cement

काठमाण्डौ । आम्दानीमा केही सुधार आएसँगै समृद्धि फाइनान्स घाटा कम गर्न सफल भएको छ । कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५७ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८.५३ प्रतिशतले कम हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ६ करोड ९३ लाख रुपैयाँ घाटामा थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ५ करोड ६४ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको त्ुलनामा ६.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको खुद सञ्चालन आम्दानी ४ करोड ६८ लाख पुगेको छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी पनि ३६ लाख ८१ हजारबाट बढेर ८५ लाख ७४ हजार पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले कर्मचारीका लागि ४ करोड ८८ लाख र अन्य सञ्चालनका लागि २ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ५२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ४करोड १२ लाख रुपैयाँ छुट्टाएको थियो ।  

कम्पनीको रिटेन्ड अर्निङ ६८ करोड ४९ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको आकार २८ करोड ५४ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यो अवधिमा कम्पनीको निक्षेप संकलन २ अर्ब ४९ करोड र कर्जा प्रवाह १ अर्ब ५९ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको खराब कर्जा अनुपात १७.२३ प्रतिशतबाट घटेर १६.४२ प्रतिशत पुगेको छ ।

यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ६८ करोड ४९ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)५.८१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ  ५३.६३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८१.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९०.७० गुणा ऋणात्मक र तरलता अनुपात ३७.८९ प्रतिशत कायम भएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.