काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत चैत ६ गते ३५ दिने सूचना जारी गर्दै कम्पनीले संस्थापक सेयरधनीहरुका लागि १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । तर उक्त सेयरमा विद्यमान संस्थापकहरुबाट आवेदन नपरेकाले आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनु पर्नेछ ।