काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल)स्थापना सञ्चालन सम्बन्धी निर्देशिका संशोधन गरेको छ ।
प्राधिकरणले म्यादी जीवन बीमा व्यवसायलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सामूहिक बीमा कोष स्थापना गरी सामूहिक पुल मार्फत मार्फत वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न र दाबी भुक्तानी गर्न आवश्यक भएकाले यो निर्देशन संशोधन गरेको हो ।
संशोधित निर्देशिकामा सदस्य बीमकहरुले बीमालेख जारी गर्दा प्राप्त बीमाशुल्क खातामा प्रत्येक महिनाको एक गतेदेखि १५ गतेसम्मको विवरण १६ गतेभित्र र १६ गतेदेखि मसान्तसम्मको विवरण अर्को महिनाको एक गतेभित्र जम्मा गर्नुपर्नेछ ।
साथै, बीमा कम्पनीहरुले आफुले जारी गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको विवरण ९बीमालेख संख्या र बीमाशुल्क, भुक्तानी तथा भुक्तानी हुन बाँकी दाबी रकम र संख्या० प्रत्येक महिनाको १ गतेदेखि १५ गतेसम्मको विवरण १६ गतेभित्र र १६ गतेदेखि मसान्तसम्मको विवरण अर्को महिनाको १ गतेभित्र कोष प्रबन्धक ९दुई पुनर्बीमक०समक्ष पेश गर्नुपर्नेछ ।
सदस्य बीमकले आफुले भुक्तानी गरेको दाबी बापतको रकम प्रत्येक महिनाको १ गतेदेखि १५ गतेसम्मको विवरण १६ गतेभित्र र १६ गतेदेखि मसान्तसम्मको विवरण अर्को महिनाको १ गतेभित्र कोष प्रबन्धक समक्ष पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सदस्य बीमकले बीमालेख जारी गर्नेदेखि दाबी भुक्तानी सम्मको कामका लाग व्यवस्थापन खर्च स्वरुप बीमा शुल्कको एक प्रतिशतले हुने रकम पाउनेछ । कोष प्रबन्धकले बीमाङ्कीय मूल्यांकनको लागि लागेको वास्तविक खर्च सदस्य बीमकहरुमा बीमाशुल्क बाँडफाँडको आधारमा मिलान गर्नेछ । कोष प्रबन्धकले सामूहिक बीमा कोषको पुनर्बीमाको प्रबन्ध गर्नेछ ।
वैदेशिक रोजगार विभागमा सूचीकृत भई लगातार तीन महिनासम्म बीमालेख जारी बीमकको कोषको सदस्यता स्वतः खारेज हुनेछ । त्यस्तै, सदस्यता खारेज भएको र विभागमा सूचीकृत नभएको यो निर्देशन पालना नगर्ने बीमकले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गर्न पाउने छैन ।
यो निर्देशनको अनुसूचीमा आवश्यक हेरफेर गर्ने अधिकार बीमा प्राधिकरणको अध्यक्ष सरद ओझालाई मात्रै हुनेछ ।