शनिबार, श्रावण ३०,२०८३ 08:17:45
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:17:45
Bizshala
Global IME Bank Limited

इचिमोकूमा पनि बियरिस बन्दै नेप्से, अबको सपोर्ट कति कतिमा ?

Prabhu Bank Limited
इचिमोकूमा पनि बियरिस बन्दै नेप्से, अबको सपोर्ट कति कतिमा ?
New Office

काठमाण्डौ । इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो। योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु क्लाउडअन्तर्गत केही दिन पहिले नेप्सेको चार्टमा बियरिस क्रसओभर देखिएको छ । पछिल्लो बजारलाई  चार्टमा राख्दा केही दिन पहिले बेसलाईनलाई कन्भर्जन लाइनले माथीबाट काटेको छ ।  

CG Motors

यसले बजार बियरिस यात्रामा जाँदै गरेको बुझिन्छ । यो सँगै क्लाउडको पोजिसन पनि हरियोबाट रातो बनेको छ । मूल्य रेखाहरु क्लाउड पोजिसन भन्दा तल चलेका छन् । यस हिसाबले यी सबै इन्डिकेटरबाट नियाल्दा बजार बियरिस बन्दै गरेको देखिन्छ । आज २६३२ विन्दुमा बन्द भएको बजार घटेमा क्रमश ः २६०० र २५८० आसपासमा सपोर्ट लिन सक्छ । त्यसै गरि बढेमा भने २६६० र २७०० आसपासमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.