काठमाण्डौ । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ परेका छन् । नेपाल प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–५ घर भएकी नेहा अधिकारी र काठमाण्डौ महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा जिल्लाको गोरखा नगरपालिका–४ पोखरीथोक घर भएकी सविना शाक्यलाई पक्राउ गरेको हो ।
प्रहरीले अधिकारीलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट र शाक्यलाई काठमाण्डौ महानगरपालिका–२८ डिल्लीबजारबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अधिकारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर र शाक्यलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।