मंगलवार, श्रावण १९,२०८३ 02:10:42
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:10:42
Bizshala
Global IME Bank Limited

आम्दानी घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा ४५% को गिरावट

आम्दानी घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा ४५% को गिरावट
New Office

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५.७७ प्रतिशतले कम हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड २ लाख खुद नाफा कमाएको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि ३७.९४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २५ करोड ३० लाख रहेको खुद ब्याज आम्दानी १५ करोड ७० लाखमा सीमित बनेको छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी समेत १ करोड ८६ लाखबाट घटेर ३६ लाख ३७ हजारमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद सञ्चालन आम्दानी १५ करोड १ लाख र सञ्चालन नाफा १० करोड १५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ५५.५५ प्रतिशतले घटेर ५ करोड ३३ लाखमा झरेको छ । रिजर्भको आकार भने २८ करोड ५४ लाखबाट बढेर ३० करोड ५९ लाख रुपैयाँ पुगेको छ ।  

यो अवधिमा कम्पनीको कर्जा प्रवाह बढेको छ भने निक्षेप संकलन घटेको छ । निक्षेप संकलन ६ अर्ब ९६ करोडबाट घटेर ५ अर्ब ४० करोड रुपैयाँमा खुम्चिएको छ । कर्जा प्रवाह भने २ करोड २९ लाखबाट बढेर २ करोड ४७ लाख पुगेको छ ।  

अघिल्लो आवको तेस्रो त्रैमासम्म ३.१२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.७८ प्रतिशत पुगेको छ । वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रहेको कम्पनीको वितरणयोग्य प्रतिसेयर आम्दानी ५.०८ रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.७२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३३.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०८.६७ गुणा र तरलता अनुपात १८.०६ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.