बुधबार, असार १०,२०८३ 12:09:10
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:09:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पको ट्यारिफ नीति असफल हुँदै ! अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक घट्यो

Laxmi Sunrise Bank Limited
ट्रम्पको ट्यारिफ नीति असफल हुँदै ! अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक घट्यो

काठमाण्डौ । अमेरिकी अर्थतन्त्र पहिलो त्रैमासिकमा ०.३ प्रतिशतले घटेको छ। यो गिरावट पछिल्लो ३ वर्षमै पहिलो हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिलाई यसको कारण मानिएको छ। अमेरिकाको वाणिज्य विभागको आर्थिक विश्लेषण ब्यूरोका अनुसार गत त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.३ प्रतिशतले घटेको छ ।

रिपोर्टका अनुसार, मंगलबारको तथ्याङ्कले रेकर्ड आयातका कारण मार्चमा वस्तु व्यापार घाटा तीव्र रूपमा बढेको देखाएको छ। यसका कारण अधिकांश अर्थशास्त्रीहरूले आफ्नो जीडीपी अनुमान घटाएका छन्। चौथो त्रैमासमा भने अमेरिकी अर्थतन्त्र २.४ प्रतिशतले बढेको थियो । ट्रम्पको कार्यकालको पहिलो १०० दिनसँगै यस प्रतिवेदनले अमेरिकीहरूबीचको उनको आर्थिक नीतिप्रति असन्तुष्टि देखिएको छ।

चर्को मूल्यबाट बच्न व्यवसायीले ठूलो परिमाणमा सामान आयात गर्दा अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर परेको जनाइएको छ । जीडीपी प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकी सेयर बजारमा पनि गिरावट आएको छ । पछिल्ला केही महिनादेखि ट्रम्प सरकारको ट्यारिफ नीतिका कारण विश्वमा अनिश्चितता बढेको छ ।  

New Office
CG Motors
Garima Development Bank

साथै, चीनसँगको व्यापार युद्ध पनि चरम सीमामा छ । धेरैजसो अर्थशास्त्रीहरूले ट्रम्पले विश्वव्यापी व्यापारमा ल्याउन खोजेका परिवर्तनहरूले अमेरिकामा मुद्रास्फीति र मन्दी ल्याउने सम्भावना रहेको बताएका छन्। लगातार दुई त्रैमासिकमा आम्दानीमा आएको गिरावटलाई मन्दी भनिन्छ।

तर, राष्ट्रपतिले यी आशंकालाई अस्वीकार गरेका छन् । उनले अमेरिका फेरि माथि उठ्ने तर यसका लागि बाइडेनको ह्याङ्गओभरबाट बाहिर निस्कन आवश्यक रहेको बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बुधबार सामाजिक सञ्जालमा एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘यसका लागि केही समय लाग्नेछ । यसको ट्यारिफसँग कुनै सम्बन्ध छैन। अहिलेको खस्कदो आर्थिक अवस्था हामीले यो बाइडेनबाट पाएका हौं । तर हामी फेरि उठ्नेछौं । धैर्य गर्नुहोस्, हामीसँग कसैले प्रतिस्पर्धा गर्दैन ।’

पहिलो त्रैमासिकमा अमेरिकाको आयातमा ठूलो वृद्धि भएको छ । ट्रम्पको करबाट बच्न, अमेरिकी कम्पनीहरूले भारी आयात गरेका छन् । अघिल्लो वर्षको चौथो त्रैमासमा आयातमा १.९ प्रतिशतले कमी आएको थियो भने यो वर्षको पहिलो त्रैमासिकमा ४१.३ प्रतिशतले बढेको छ । यस अवधिमा निर्यात १.८ प्रतिशतले वृद्धि भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.