बिहीबार, फाल्गुन ७,२०८२ 03:03:33
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 03:03:33
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीको व्यवसाय ७.११% ले बढ्यो, सर्वाधिक प्रिमियम भित्र्याउनेमा शिखर

निर्जीवन बीमा कम्पनीको व्यवसाय ७.११% ले बढ्यो, सर्वाधिक प्रिमियम भित्र्याउनेमा शिखर
Shivam Cement

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब भन्दा बढी प्रिमिमय संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीनव बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।  

यो बीमा शुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा ७.११ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ प्रिमिमय संकलन गरेका थिए ।  

सो अवधिसम्म आइपुग्दा तीन बीमक बाहेक सबै कम्पनीको बीमा व्यवसाय बृद्धि भएको छ । गत आवको तुलनामा यस अवधिसम्म राष्ट्रिय बीमा कम्पनी, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको मात्रै व्यवसाय घटेको छ भने बाँकी सबै कम्पनीले बढाएका छन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

तेस्रो त्रैमाससम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ४ अर्ब ३४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेर सर्वाधिक व्यवसाय गर्ने कम्पनी बन्न सफल भएको छ ।  

त्यस्तै, सगरमाथा लुम्बिनीले ३ अर्ब ७३ करोड, सिद्धार्थ प्रिमियरले ३ अर्ब १० करोड, हिमालयन एभरेष्टले २ अर्ब ७८ करोड, आइजीआई प्रुडेन्सियलले २ अर्ब ७३ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड, दि ओरियन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड, एनएलजीले २ अर्ब १३ करोड, सानिमा जिआइसीले १ अर्ब ९२ करोड, युनाइटेड अजोडले १ अर्ब ८५ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड र नेशनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जृन गरेका छन् ।  

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय बढाउनेमा दि ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीले ४१.९१ प्रतिशतले बीमा व्यवसाय ग्रोथ गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, नेपाल इन्स्योरेन्सले ३६.०९ प्रतिशत, एनएलजीले १६.४१ प्रतिशत, हिमालयन एभरेष्टले ९.२८ प्रतिशत, सानिमा जिआइसीले ७.८४ प्रतिशत, सिद्धार्थ प्रिमियरले ७.४५ प्रतिशत, सलिकोले ५.८४ प्रतिशत, आइजीआई प्रुडेन्सियलले ३.५९ प्रतिशत, नेकोले ३.२५ प्रतिशत, शिखरले २.८५ प्रतिशत र नेशनल इन्स्योरेन्सले ०.६२ प्रतिशतले व्यवसाय बढाएको छ ।  

यता तीन कम्पनीको व्यवसाय भने घटेको छ । सर्वाधिक राष्ट्रिय बीमा कम्पनीको १३.३१ प्रतिशतले घटेको छ । साथै युनाइटेड अजोडको ६.२४ प्रतिशत र प्रभु इन्स्योरेन्सको १.३१ प्रतिशतले घटेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.