निर्जीवन बीमा कम्पनीको व्यवसाय ७.११% ले बढ्यो, सर्वाधिक प्रिमियम भित्र्याउनेमा शिखर
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब भन्दा बढी प्रिमिमय संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीनव बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । यो बीमा शुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा ७.११ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले २९ अर्ब ९९ करोड ७६...