बुधबार, आश्विन २८,२०८३ 09:15:01
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:15:01
Bizshala
Global IME Bank Limited

आशा लघुवित्तको आम्दानीसँगै नाफा पनि बढ्यो, वितरणयोग्य मुनाफा भने ६०.६३% ले घट्यो

Bizshala
आशा लघुवित्तको आम्दानीसँगै नाफा पनि बढ्यो, वितरणयोग्य मुनाफा भने ६०.६३% ले घट्यो
New Office

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ६८.९४ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले  ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यस्तै तेस्रो त्रैमाससम्म संस्थाले ५० करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६०.६क्ष्९ प्रतिशतले धेरै हो । अघिल्लो आवमा संस्थाले ३१ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  संस्थाको. खुद शुल्क तथा कमिशन आम्दानी भने केही घटेको छ । अघिल्लो आवमा ८ करोड ७० लाख रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी घटेर ८ करोड ११ लाखमा सीमित बनेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

संस्थाको खुद सञ्चालन आम्दानी ८.२३ प्रतिशतले बढेर ४५ करोड १७ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा ९ करोड ६६ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको रिटेन्ड अर्निङ ५१.७४ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १० करोड ५ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ४ करोड ८ लाखमा झरेको को छ । संस्थाको रिजर्भको आकार भने ३२ करोड ५६ लाख रुपैयाँबाट बढेर ३४ करोड २७ लाख रुपैयाँ पुगेको छ ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ अर्ब ८० करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह पनि ९ अर्ब ५५ करोड रुपैयाँबाट बढेर १० अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १५ करोड ४४ लाख रुपैयाँ छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात केहि बढेको छ । संस्थाको खराब कर्जा अनुपात ४.९५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ८५ लाख रहेको छ । जुन अघिल्लो आवको तुलनामा ६०.६३ प्रतिशतले कम हो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ११.९३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १५३.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४७६.४० रुपैयाँ,मूल्य आम्दानी अनुपात ६७.९९ गुणा र तरलता अनुपात ५.६९ प्रतिशत कायम भएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.