बुधबार, असार १०,२०८३ 12:08:11
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:08:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विदेशी फिल्ममाथि पनि ट्यारिफ लगाउने ट्रम्पको घोषणा

Laxmi Sunrise Bank Limited
विदेशी फिल्ममाथि पनि ट्यारिफ लगाउने ट्रम्पको घोषणा

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विदेशी फिल्ममा पनि कर लगाउने घोषणा गरेका छन् । उनले विदेशी चलचित्रमा शतप्रतिशत महसुल लगाएका छन् ।आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा यो घोषणा गर्दै ट्रम्पले लेखेका छन्, ‘अमेरिकाको फिल्म उद्योग एकदमै तीव्र गतिमा ध्वस्त हुँदैछ। अन्य देशहरूले हाम्रा फिल्म निर्माता र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान सबै प्रकारका प्रोत्साहन दिइरहेका छन्।’

New Office
CG Motors
Garima Development Bank

उनले यो अन्य देशको संगठित प्रयास भएकोले यो ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ भएको बताए ।

ट्रम्पले वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई विदेशी फिल्ममा शतप्रतिशत शुल्क लगाउने प्रक्रिया सुरु गर्न अधिकार दिएको बताएका छन्।उनले लेखेका छन्, ‘हामी अमेरिकामा फेरि फिल्म बन्न चाहन्छौं ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि ट्रम्पले विश्वभरका देशहरूमा कर लगाएका छन्। करहरूले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहित गर्नेछ र रोजगारी बचाउने उनको विश्वास छ ।  

तर उनको यो निर्णयले विश्व अर्थतन्त्रमा तरंग पैदा गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.