बुधबार, श्रावण ६,२०८३ 08:25:02
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 08:25:02
Bizshala
Global IME Bank Limited

आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न बीमा नीति, २०८० जारी, यस्तो छ कार्यनीति

आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न बीमा नीति, २०८० जारी, यस्तो छ कार्यनीति
New Office

काठमाण्डौ । नेपाल सरकारले राष्ट्रिय बीमा नीति, २०८० जारी गरेको छ । बीमा क्षेत्रको कानूनी र संस्थागत विकास गर्न र सो क्षेत्रमा हुने गरेका गलत अभ्यासलाई न्युनीकरण गर्न एकीकृत बीमा नीतिको आवश्यक महसुस गरी सरकारले राष्ट्रिय बीमा नीति, २०८० ल्याएको हो ।  

मन्त्रिपरिषदको मंसिर २२ गतेको बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको थियो । बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ बमोजिम बीमा नीतिको मस्यौदा तयार पारेको थियो ।  

प्राधिकरणले बीमा नीतिमा समावेश भएका केही नीतिहरु फेरबदल हुँदा बीमा नीति कार्यान्वयन हुन ढिलाई भएको हो । बीमा क्षेत्रको विस्तारसँगै बीमा व्यवसायको प्रभावकारीता अभिबृद्धि गर्दै सरल, सहज, प्रविधिमैत्री, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरको बनाउन बीमा नीति, २०८० ल्याइएको हो ।  

साथै दुर्गम तथा पिछडिएको क्षेत्रमा समेत बीमा व्यवसायको पहुँचलाई स्थापित गर्दै लैजानुपर्ने आवश्यक रहेको र बीमितको हक हितको संरक्षण गर्दै बीमा व्यवसायलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउन यो नीति ल्याइएको प्राधिकरणले जनाएको छ ।  

प्रतिस्पर्धी र विश्वसनीय बीमा प्रणालीको विकास एवं विस्तार गरी बीमा क्षेत्रमा संस्थागत सुशासन कायम गर्ने बीमा नीतिको लक्ष्य रहेको छ ।  

साथै यस नीति कार्यान्वयनमा आएपश्चात् बीमा सेवाको गुणस्तर अभिबृद्धि गरी आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न, जीवन, सम्पत्ति तथा दायित्वको जोखिम न्यूनीकरण गर्दै सबल अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन र बीमितको हकहित संरक्षण गर्न बीमा नीति ल्याइएको हो ।  

यस्तो छ कार्यनीति

– बीमा क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भको रुपमा विकास गर्ने

– बीमा सेवालाई सरल, सहज, पहुँचयोग्य र समावेशी बनाउने

– बीमालाई आधुनिक र प्रतिस्पर्धी बनाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विकास गर्ने  

– बीमा क्षेत्रको संस्थागत सुदृढीकरण, विकास तथा विस्ता गर्ने  

– बीमा क्षेत्रमा संस्थागत सुशासन अभिबृद्धि गर्ने  

– वित्तीय स्थायित्व कायम गर्ने सशक्त औजारका रुपमा बीमाको विकास गर्ने

– बीमा क्षेत्रलाई दिगो विकास र गरिबी न्यूनीकरण नीतिसँग आबद्ध गर्ने

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.