• बिहीबार, भाद्र २६,२०८२ 02:45:31
Global IME Bank Limited

ट्रम्पको आगमनसँगै देश छाड्ने अमेरिकीको संख्या वृद्धि, युरोप पहिलो रोजाई बन्दै

Hyundai Nepal
ट्रम्पको आगमनसँगै देश छाड्ने अमेरिकीको संख्या वृद्धि, युरोप पहिलो रोजाई बन्दै

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएर आएसँगै अमेरिका छाड्ने वा छाड्न चाहने अमेरिकी नागरिकको संख्या ह्वात्तै बढेको छ । अमेरिकी नागरिकहरु विशेष गरेर युरोपेली देशहरुप्रति आकर्षित भईरहेको रोयटर्सले जनाएको छ ।  

रोयसर्टको रिपोर्टका अनुसार आयरल्याण्डको पार्सपोर्टका लागि आवेदन दिने अमेरिकीहरुको संख्या यो वर्षको पहिलो दुई महिनामा पछिल्लो एक दशककै उच्च पुगेको छ । जनवरी र फेब्रुअरी महिनामा औषत आवेदन दिनेको संख्या करिब ४ हजार ३ सय पुगेको छ । आयरल्यणडको विदेश मामिला विभागको तथ्यांकअनुसार यो संख्या गत वर्षको तुलनामा ६० प्रतिशतले बढी हो ।  

यस्तै फ्रान्समा पनि लामो बसाई अवधिका लागि आवेदन दिने अमेरिकीको संख्या वर्षको पहिलो ३ महिनामा बढेर २ हजार ३८३ पुगेको छ । गत वर्ष सोही अवधिमा यो संख्या १ हजार ९८० थियो । जनवरीदेखि मार्चको अवधिमा फ्रान्सेली अधिकारीहरुले २ हजार १७८ जनालाई बसाई लम्बाउन अनुमति दिएका छन् । गत वर्ष भने यो संख्या १ हजार ७८७ थियो।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै बेलायतको पार्सपोर्टका लागि सन् २०२४ को अन्तिम ३ महिनामा आवेदन दिने संख्या पछिल्लो दुई दशकको अवधिमा कुनेपनि त्रैमासको संख्या भन्दा बढी हो । यो अवधिमा १ हजार ७०८ जना अमेरिकीले बेलायतको पार्सपोर्टका लागि आवेदन दिएका छन् ।  

बसाईसराईमा सहयोग गर्ने कम्पनी र वेबसाइटका अनुसार पछिल्लो समय विदेशमा रहन चाहने अमेरिकीको संख्या ह्वात्तै बढेको छ । राजनीतिक विभाजन र बढ्दो बन्दुक हिंसाका कारण अमेरिकीहरु विदेशिन खोजिरहेको उनीहरुको भनाई छ । इटलीका गैरआवासिय सल्लाहकार मार्को पर्मुनियमले सन् २०२० मा जो बाइडेन राष्ट्रपति हुँदा पनि इटली आउन चाहने अमेरिकीको संख्या बढेको तर त्यसेबला मुख्य गरेर रिपब्लिकनको संख्या बढी रहेको बताएउछन् ।  

तर रोयटर्सले गरेको कुराकानीमा भने अधिकांश रिलोकेशन कम्पनीहरुले ह्वाइटहाउसमा ट्रम्पको आगमनसँगै अमेरिका छाड्न चाहने अमेरिकीको संख्या निकै बढेको छ । ट्रम्पको नीति र सामाजिक मुद्दाहरुका कारण यो संख्या बढिरहेको कम्पनीहरुले बताएका छन् ।  

ट्रम्पको आगमनअघि केही चर्चित हलिउड स्टारहरुले अमेरिका छाडिसकेका थिए । जसमा टक शो होस्ट एलेन डि डिजेरेरेस र रोजी ओ डननेल समेत छन् ।  

रिलोकेशन कम्पनीहरुले अमेरिकी निर्वाचनको समयदेखि विदेश जाने प्रक्रियाका बारेमा सोधपुछ गर्ने अमेरिकीको संख्या दैनिक बढिरहेको बताएका छन् । यस्तो सोधपुछ २५ प्रतिशतसम्मले बढेको छ ।  

तर युरोप जाने अमेरिकीहरुलाई त्यति सजिलो भने छैन । युरोपमा कामको खोजी,रिमोट वर्कमा प्रतिबन्ध,न्यून तलब र अमेरिकी कर नीति जस्ता कारणले अमेरिकीहरुलाई युरोपमा बसोबास गर्न कठिनाई हुने रिपोर्टमा उल्लेख छ ।  

यद्यपी पोर्चुगल,स्पेन र इटली जस्ता देशहरुमा भने रिमोट वर्करहरुका लागि डिजिटल नोम्याड भिसा चर्चित छ । रिलोकेशन कम्पनीहरुका अनुसार रिटायरमेन्ट भिसा,वर्क परमिट भिसा र विद्यार्थी भिसाको माग समेत बढ्दो छ ।  

तर केही युरोपेली देशहरु भने पहिले देखिनै उच्च पर्यटक आगमनका कारण बसोबासको समस्यामा रहेका छन् । उनीहरु थप विदेशीलाई स्वागत गर्ने मनसायमा देखिदैनन् । राष्ट्रिय अधिकारीहरुले धनाढ्यहरुका लागि भिसा उपलब्ध गराउने स्किममाथि प्रतिबन्ध लगाईरहेका छन् ।  

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.