आईतवार, मंसिर २८,२०८२ 07:45:59
Bizshala
  • आईतवार, मंसिर २८,२०८२ 07:45:59
Bizshala
Global IME Bank Limited
Bizshala

नेपाल लाइफले खोल्यो ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरण गर्दै उत्कृष्ट बोनस दिने प्रतिबद्धता

Hyundai Nepal
नेपाल लाइफले खोल्यो ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरण गर्दै उत्कृष्ट बोनस दिने प्रतिबद्धता
Shivam Cement

काठमाण्डौ । जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सहायक कम्पनीको रुपमा  ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ आजदेखि सञ्चालनमा ल्याएको छ ।  

नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम लगानी विविधिकरणमा जोड दिदै कम्पनीले काठमाण्डौ कमलपोखरीस्थित सिटि सेन्टरमा आफ्नो इन्भेष्टमेन्ट कम्पनीको केन्द्रीय कार्यालय समुद्घाटन गरेको हो ।  

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले रिबन काटेर आज केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । ५ अर्ब रुपैयाँको पूँजीमा स्थापना भएको उक्त कम्पनीले लगानी विविधकरण गरी सेयरधनी र बीमितहरुलाई उत्कृष्ट प्रतिफल दिने कम्पनीले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

लगानीलाई विविधिकरण गर्नको लागि ५ अर्बको आधिकारीक पूँजी र आजको दिनको एक अर्ब ८० करोड रुपैयाँको चुक्तापूँजी भएको पब्लिक कम्पनीको रुपमा नेपाल लाइफले इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो ।  

नेपाल लाइफका सीईओ प्रविण रमण पराजुलीले उक्त कम्पनी सञ्चालन गरेर लगानी विविधकरण गरी सेयरधनी तथा बीमितहरुलाई अझ सशक्त बोनस दिने प्रतिबद्धता व्यक्त गरे ।  

‘नेपाल लाइफ जीवन बीमा क्षेत्रमा एक अग्रणी कम्पनीको रुपमा रहेको छ, कम्पनीले विभिन्न सेक्टरमा लगानी गर्नको लागि नै यो कम्पनी स्थापना गरेका हौं’ उनले भने, ‘कम्पनी साढे दुई दशकसम्म आइपुग्दा आफ्ना बीमित र सेयरधनीहरुलाई राम्रो प्रतिफल दिदैं आइरहेको छ, अझ यो प्रतिफल दिने क्यापासिटीलाई थप सशक्त बनाउन  कम्पनी लगानी विविधकरण गर्न चाहन्छ, जसकारण आज हामीले ५ अर्बको पूँजीमा यो कम्पनी सञ्चालनमा ल्याएका छौं ।’

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

साथै, यो इन्भेष्टमेन्ट कम्पनीले क्षेत्रगत अध्ययन गरेर मात्रै प्रतिफल आउने क्षेत्रमा मात्रै लगानी गर्ने पराजुलीले बताए । ‘हामीले बीमितहरुको आवश्यकता अनुसार विभिन्न पोलिसी ल्याएका छौं, बीमितहरुले पनि हामीलाई विश्वास गरेर आफुले आर्जन गरेको रकम बचतको हिसाबले बीमा गर्नुहुन्छ’ उनले भने, ‘बीमितको पैसालाई सहि क्षेत्रमा सदुपयोग गर्न हामीले रिटर्न आउने सेक्टरमा मात्रै लगानी गर्नेछौं, जसबाट बीमितहरुले भविष्यमा अझ उत्कृष्ट बोनस पाउन सकुन् ।’

साथै नेपाल लाइफका इन्स्योरेन्सका सञ्चालक तथा इन्भेष्टमेन्ट कपमनीका अध्यक्ष कमलेस कुमार अग्रवालले पनि रिटर्न आउने क्षेत्रमा बढी लगानी गर्ने बताए ।  

‘नेपाल बीमा प्राधिकरणको अधिनमा रहेर हामीले विभिन्न क्षेत्रमा लगानी गर्नेछौं’ उनले भने, ‘यो कम्पनी स्थापना गर्नुको मुख्य उद्देश्य भनकै लगानी विविधिकरण गरी उच्च रिटर्न प्राप्त गर्नु हो ।’

प्राधिकरणको मापदण्डबमोजिम नेपाल लाइफको इन्भेष्टमेन्ट कम्पनीले पर्यटन, उर्जा, शिक्षा जस्ता क्षेत्रमा लगानी गर्ने अग्रवालले बताए । ‘लगानी विविधिकरण गर्ने भन्दैमा जुनसुकै क्षेत्रमा अध्ययनबिना लगानी गर्न सकिँदैन, कुन सेक्टरमा लगानी गर्दा बढी रिटर्न हुन्छ, त्यो सेक्टरमा यो कम्पनीको बढी फोकस हुन्छ’ उनले भने, ‘उच्च रिटर्न आउने सेक्टरमा मात्रै लगानी गर्ने कम्पनीको उद्देश्य छ, जसबाट सेयरधनी र बीमितहरुलाई उत्कृष्ट बोनस दिन सकियोस् ।’

त्यस्तै, नेपाल लाइफका अध्यक्ष गोविन्द लाल सांघाईले नेपाल लाइफको इन्भेष्टमेन्ट कम्पनी फरक र विशेष रहेको बताए । ‘नेपाल लाइफले सहायक कम्पनीको रुपमा इन्भेष्टमेन्ट कम्पनी आजदेखि सञ्चालनमा ल्याएपनि यो फरक र विशेष कम्पनी हो’ उनले भने, ‘नेपाल बीमा प्राधिकरणको नियममा  बसेर यो कम्पनीले लगानी विविधिकरण गर्नेछ, साथै कम्पनीले आफ्नो व्यवसाय र नेटवर्थमा पनि विशेष ध्यान दिनेछ ।’

नेपाल लाइफ इन्स्योरेन्सको इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा भने सुवास थापा रहेका छन् । उनले आजदेखि नेपाल लाइफको इन्भेष्टमेन्ट कम्पनी सञ्चालनमा आएको बताउँदै यो जीवन बीमा क्षेत्रमा नयाँ आयाम रहेको बताए ।  

‘जीवन बीमा कम्पनीहरुले बीमितबाट संकलित प्रिमियम रकम एउटै सेक्टरमा मात्रै सीमित राख्नुभन्दा अन्य सेक्टरको पनि अध्ययन गरी लगानी विविधिकरण गर्न जरुरी छ’ उनले भने, ‘आजदेखि सञ्चालनमा आएको यस कम्पनीले विभिन्न सेक्टरको अध्ययन गरी लगानी विविधिकरण गर्नेछ र दीगो प्रतिफल दिन सदैव केन्द्रीत रहनेछ ।’

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.