काठमाण्डौं । आज सेयर बजारमा दिनभर सामान्य उतारचढाव देखियो । अन्त्यमा दोहोरो अंकले घटेको बजारमा कारोबार भने बढ्यो । बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारले बिस्तारै सम्हालिने कोसिस गरेको देखिन्छ ।
बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्ड भन्दा माथि नै टिकेको छ । अपर ब्याण्ड र लोअर ब्याण्डको अवस्था सामान्य देखिन्छ । यसबाट बजारको उतारचढाव सामान्य रहेको बु्झिन्छ ।
म्याक्डीमा आज बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ भने हिस्टोग्राम पनि सकारात्मक बनेको छ । आरएसआई पनि ओभर सोल्ड जोन नजिक पुगेर हाल न्यूट्रल जोनमा चलेको देखिन्छ । यस हिसाबले उल्लेखित इन्डिकेटरबाट नियाल्दा आज बजार बिस्तारै सम्हालिन खोजेको देखिन्छ ।
बजारलाई डाउ थेउरीबाट नियाल्दा आजको करेक्सनले हायर लो बनाउदै गरेको सम्भावनालाई जनाउछ । बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा २० दिनको औषत कारोबार भन्दा माथि नै छ । यस हिसाबले कारोबार तथा भोल्युमबाट नियाल्दा बजार मजबुत नै रहेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।