शनिबार, श्रावण ३०,२०८३ 09:41:14
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 09:41:14
Bizshala
Global IME Bank Limited

लघुवित्त संस्थाहरुको मुनाफा २२.८७% ले बढ्यो, २२ वटाको खराब कर्जा ५% माथि

Prabhu Bank Limited
लघुवित्त संस्थाहरुको मुनाफा २२.८७% ले बढ्यो, २२ वटाको खराब कर्जा ५% माथि
New Office

काठमाण्डौ । हालसम्म ३६ लघुवित्त संस्थाले मात्रै चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । रिर्पोटअनुसार अधिकांश लघुवित्त संस्थाको मुनाफामा सुधार देखिएको छ ।  

नेप्सेमा कुल ५० वटा लघुवित्त संस्था सूचीकृत छन्, जसमध्ये ७२ प्रतिशत वा ३६ संस्थाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् भने  २८ प्रतिशत अर्थात् १४ वटाको रिर्पोट प्रकाशित हुन बाँकी छ ।  

संस्थाहरुले प्रकाशित गरेको रिर्पोटअनुसार अधिकांश संस्थाको मुनाफा उकासिएको देखिएपनि खराब कर्जा अनुपात (एनपीएल)भने त्यति सुधारोन्मुख देखिएको छैन । वित्तीय विवरण प्रकाशित गरेका संस्थामध्ये अझैपनि २२ वटा संस्थाको एनपीएल ५ प्रतिशतभन्दा माथि छ, जुन नेपाल राष्ट्र बैंकले तोकेभन्दा बढी हो ।  

रिर्पोटअनुसार दुई लघुवित्त संस्था मात्रै घाटामा देखिएका छन् भने ३४ संस्था नाफामा उक्लिएका छन् । सोमध्ये पनि २५ संस्थाको नाफा गत आवको सोही अवधिसम्मको तुलनामा बढेको छ भने ९ वटाको मात्रै घटेको छ ।  

तेस्रो त्रैमाससम्म घाटा व्यहोर्ने संस्थाहरुमा नेष्डो समृद्ध लघुवित्त र सामुदायिक लघुवित्त रहेका छन् । नेष्डोले ११ करोड ६० लाख रुपैयाँ र सामुदायिक लघुवित्तले १ करोड १ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

समग्रमा लघुवित्त संस्थाहरुले सो अवधिसम्म २ अर्ब ४६करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २२.८७ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म यी संस्थाहरुले समग्रमा २ अर्ब ६२ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।

CG Motors

तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त संस्थाहरुलाई कर्जा पुनर्संरचनाको सुविधाले नाफा बृद्धिमा टेवा पु्गेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लागि एनआरएफएस बमोजिम वित्तीय विवरण बनाउँदा उठ्न बाँकी रहेको ब्याजलाई समेत देखाउन मिल्ने व्यवस्था गरिदिएकाले ब्याज आम्दानी र नाफामा सुधार देखिएको हो ।  

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउने संस्थामा डिप्रोक्स लघुवित्त रहेको छ । संस्थाले ४३ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । साथै गत आवको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा भने स्वाभिमान लघुवित्त रहेको छ । संस्थाले गत आवको तुलनामा १८८४.२९ प्रतिशतले नाफा बढाएको छ ।  

२२ संस्थाको एनपीएल ५ प्रतिशतभन्दा माथि  

तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश लघुवित्त संस्थाहरुको नाफा बृद्धि भएपनि खराब कर्जा अनुपातको अवस्था भने त्यति चित्तबुझ्दो देखिँदैन ।  

समिक्षा अवधिसम्म २२ संस्थाको एनपीएल अझैपनि ५ प्रतिशतभन्दा माथि छ भने १४ संस्थाको मात्रै सो प्रतिशतभन्दा तल रहेको छ ।  

रिर्पोटअनुसार ८ वटा संस्थाले मात्रै गत आवको तुलनामा खराब कर्जा घटाएका छन् भने २८ संस्थाको यस्तो कर्जा बढेको देखिन्छ । खराब कर्जा बढेपनि लघुवित्त संस्थाहरुको मुनाफामा भने सुधार देखिएको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात ५ प्रतिशत वा सो भन्दा बढी भएमा कम्पनीको वित्तीय अवस्था जोखिम मान्न सकिन्छ । अधिकांश संस्थाको खराब कर्जा ५ प्रतिशत बढी देखिएको छ । तर कर्जा पुनर्संरचनाको सुविधाले लघुवित्त संस्थाहरुले मुनाफा भने बढाएका छन् ।  

इपीएस कुनको कति ?

तेस्रो त्रैमाससम्म आइपुग्दा तीन संस्थाको मात्रै प्रतिसेयर आम्दानी (इपीएस) ऋणात्मक देखिएको छ भने बाँकी सबैको धनात्मक रहेको छ ।  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । सबैभन्दा बढी इपीएस मिथिला लघुिुवत्तको रहेको छ । सो अवधिसम्म संस्थाको इपीएस ३६.२२ रुपैयाँ छ ।  

त्यस्तै, सर्पोट माइक्रोफाइनान्सको ३३.३७ रुपैयाँ, स्वाभिमान लघुवित्तको ३२.६१ रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ३२.३९ रुपैयाँ, गुराँस लघुवित्तको ३१.२० रुपैयाँ, स्वरोजगार लघुवित्तको ३०.९३ रुपैयाँ, जीवन विकास लघुवित्तको ३०.८७ रुपैयाँ, डिप्रोक्स लघुवित्तको ३०.८४ रुपैयाँ र यु्निक नेपाल लघुवित्तको ३०.०८ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.