बुधबार, श्रावण २७,२०८३ 10:54:46
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 10:54:46
Bizshala
Global IME Bank Limited

शिखर इन्स्योरेन्सको नाफा ३५.७० करोड, अन्य सूचकको अवस्था कस्तो ?

Prabhu Bank Limited
शिखर इन्स्योरेन्सको नाफा ३५.७० करोड, अन्य सूचकको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय अवस्थामा सामान्य सुधार आएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीका वित्तीय सूचकहरुको अवस्थामा सन्तोषजनक वृद्धि देखिएको हो ।  

कम्पनीले समीक्षा अवधिसम्म ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको तुलनामा १.७९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३५ करोड ७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि सामान्य बढेको छ । कम्पनीले यो अवधिसम्म १ अर्ब २० करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १६.५६ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ३ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

कम्पनीको कुल आम्दानी १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको कुल आम्दानी १ अर्ब ७४ करोड रहेको थियो । यो अवधिसम्म कम्पनीले ७१ करोड ५० लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ३६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.७१ प्रतिशतले बढी हो । कम्पनीले महाविपत्ती कोषको आकार १३ करोड ८१ लाखबाट बढाएर १५ करोड ५९ लाख पुर्याएको छ । अघिल्लो आवमा २८ करोड ७५ लाख रहेको रिटेन्ड अर्निङ भने घटेर १६ करोड २३ लाख रुपैयाँमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीले २ लाख २७ हजार ४२८ वटा बीमा पोलिसी जारी गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १६.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९५.८१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४६१.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४६.८१ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.