बिहीबार, असार १२,२०८२ 02:10:30
  • बिहीबार, असार १२,२०८२ 02:10:30
Global IME Bank Limited

शिखर इन्स्योरेन्सको नाफा ३५.७० करोड, अन्य सूचकको अवस्था कस्तो ?

Hyundai Nepal
शिखर इन्स्योरेन्सको नाफा ३५.७० करोड, अन्य सूचकको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय अवस्थामा सामान्य सुधार आएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीका वित्तीय सूचकहरुको अवस्थामा सन्तोषजनक वृद्धि देखिएको हो ।  

कम्पनीले समीक्षा अवधिसम्म ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको तुलनामा १.७९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३५ करोड ७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि सामान्य बढेको छ । कम्पनीले यो अवधिसम्म १ अर्ब २० करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १६.५६ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ३ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

कम्पनीको कुल आम्दानी १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको कुल आम्दानी १ अर्ब ७४ करोड रहेको थियो । यो अवधिसम्म कम्पनीले ७१ करोड ५० लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ३६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.७१ प्रतिशतले बढी हो । कम्पनीले महाविपत्ती कोषको आकार १३ करोड ८१ लाखबाट बढाएर १५ करोड ५९ लाख पुर्याएको छ । अघिल्लो आवमा २८ करोड ७५ लाख रहेको रिटेन्ड अर्निङ भने घटेर १६ करोड २३ लाख रुपैयाँमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीले २ लाख २७ हजार ४२८ वटा बीमा पोलिसी जारी गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १६.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९५.८१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४६१.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४६.८१ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.