शुक्रबार, फाल्गुन ८,२०८२ 01:14:57
Bizshala
  • शुक्रबार, फाल्गुन ८,२०८२ 01:14:57
Bizshala
Global IME Bank Limited

एक वर्षको सफल परीक्षणपछि नेपालमा सार्वजनिक हुँदै ‘टुनल्याण्ड जी सेभेन’

एक वर्षको सफल परीक्षणपछि नेपालमा सार्वजनिक हुँदै ‘टुनल्याण्ड जी सेभेन’
Shivam Cement

काठमाण्डौ । एमएडब्लू वृद्धिले अन्तर्राष्ट्रिय स्तरको टुनल्याण्ड जी सेभेनअब नेपालमा पनि आउने तयारीमा रहेको बताएको छ। यो नेपाली बाटोहरूमा सफलतापूर्वक सञ्चालन गर्न सकियोस् भनेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको एक शक्तिशाली गाडी भएको एमएडब्लू वृद्धिले जनाएको छ । यसले नेपालको विभिन्न भू–भागमा एक वर्षसम्म गरिएको परीक्षण पार गर्दै नेपालको जटिल तथा विविधयायुक्त सडक अवस्थाका लागि आवश्यकपर्ने क्षमता, शक्ती र साइजको लागि आफ्नो उपयुक्तता प्रमाणित गरिसकेको समेत कम्पनीको भनाई छ ।  

उन्नत फिचरहरूसँगै टुनल्याण्ड जी सेभेन बलियो मात्र नभई फराकिलो पनि छ। यसमा १६० हर्सपावरको इन्जिन र ३९० एनएम टर्क छ, जसले हरेक किसिमका सडकमा आवश्यक पर्ने प्रदर्शन क्षमताहरू प्रदान गर्छ। २२५ मिमिको ग्राउन्ड क्लियरेन्स भएकोले यसलाई अप्ठ्यारो, उकालो(ओरालो तथा उबडखाबड सडकमा पनि सजिलै चलाउन सकिन्छ। यसमा भएको मोडर्न इन्जिन ‘पुस–स्टार्ट’ बटनले यसलाई नयाँ चालकहरूका लागि झनै सजिलो बनाउँछ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सुरक्षाका दृष्टिकोणले चालकहरूका लागि ‘हिल होल्ड कन्ट्रोल’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ जस्ता सुविधाले सहुलियत प्रदान गर्दछन्।

१२.३ इन्चको ‘इनफिनिटी स्क्रिन’ले गाडीको भित्री भागलाई अत्याधुनिक र प्रिमियम बनाउँछ। यस स्क्रीनले उन्नत प्रविधि र शैलीको सन्तुलन दिन्छ भने पानोरामिक सनरुफले प्राकृतिक प्रकाश र ताजगी ल्याएर नेपालको सुन्दर दृश्यसँगको यात्रालाई झन रमाइलो बनाउने कम्पनीले उल्लेख गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसको सिटहरूमा ‘हिटेड’ र ‘भेन्टिलेटेड’ सिस्टम छ । जसलाई इलेक्ट्रिक रूपमा १२ तरिकाले एडजस्ट गर्न सकिन्छ। साथै, यसमा भएको अटोमेटिक एयर कन्डिसनिङले वर्षभरि नै तापक्रम सन्तुलित राख्छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.