काठमाण्डौं । नेप्सेमा आजसम्म गरेर लगातार ३ दिन गिरावट आएको छ । तीन दिनमा बजार ३९.४४ अंकले घटेको छ । प्राविधिक रुपमा हालको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ ।
अर्थात बजार यहाँबाट माथि जान सकेको छैन । यसैगरि म्याक्डीमा बनेको बुलिस क्रसओभर पनि भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक नै रहेका छन् । आरएसआई न्युट्रल तहमा चलेको छ । बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा २० दिनको मुभिङ एभरेज भन्दा माथि नै छ । यसको अर्थ बजार कारोबार तथा भोल्युमबाट सकारात्मक नै रहेको छ भन्ने हो ।
बजारलाई डाउ थेउरीबाट नियाल्दा एउटा लोअर हाई बनाएको छ । यद्यपी नयाँ लोअर लो बनाई हालेको अबस्था भने होइन । बजार २६ सय विन्दुभन्दा माथि रहुन्जेल र कारोबार ९ अर्ब रहुन्जेल भने बजार मजबुत नै हुने देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।