काठमाण्डौं । पूँजीबजारमा आजसम्म लगातार ४ दिन गिरावट आएको छ । चार दिनमा सेयर बजार ५३.४० अंकले घटेको छ । प्राबिधिक रुपामा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले मध्य ब्याण्डबाट तल खसेको छ ।
कारोबार तथा भोल्युमबाट आजको बजारलाई नियाल्दा आज २० दिन मूभिङ एभरेज को औषत भोल्युम ९ अर्ब भन्दा पनि कम कारोबार भएको छ । यसले बजार बिस्तारै सुस्ताउँदै गएको बुझिन्छ ।
म्याक्डीमा पनि आज बियरिस क्रसओभर बनेको छ । आरएसआईबाट आजको बजारलाई नियाल्दा ४१ को विन्दुमा घट्दो क्रममा रहेको देखिन्छ । पिभट् मार्फत नियाल्दा २६२० विन्दुमा बन्द भएको बजार क्रमशः २६१५, २५६८ र २५३२ मा सपोर्ट लिन सक्छ । त्यसै गरि बढेमा भने बजारले क्रमशः २६५१, २६९८ , २७३४ विन्दुमा क्रमश प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।