काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ८४ हजार ६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले केही संस्थापक सेयरधानीहरुको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी काठमाण्डौ कमलपोखरीमा रहेको संस्थाको केन्द्र्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
निर्धारित समयसम्म सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।