शुक्रबार, असार १२,२०८३ 06:14:31
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 06:14:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बेलायतमा धनाढ्यको संख्यामा हालसम्मकै उच्च गिरावट, राजा चार्ल्स भने थप धनी बने

Laxmi Sunrise Bank Limited
बेलायतमा धनाढ्यको संख्यामा हालसम्मकै उच्च गिरावट, राजा चार्ल्स भने थप धनी बने

काठमाण्डौं । बेलायतमा धनाढ्यको संख्यामा कमी आएको छ । सन्डे टाइम्स रिच लिस्टले सार्वजनिक गरेको सूचीअनुसार बेलायतमा धनाढ्यको संख्यामा हालसम्मकै उच्च गिरावट आएको हो ।  

सन्डे टाइम्सले ३५० जना बेलायती धनाढ्यको सूची सार्वजनिक गरेको छ । यद्यपी यो अवधिमा बेलायतका राजा चार्ल्सको व्यक्तिगत सम्पत्ति भने बढेको छ । उनको सम्पत्ति बढेर पूर्व बेलायति प्रधानमन्त्री ऋषि सुनक र उनीकी श्रीमती अक्षता मुर्तिको भन्दा बढी पुगेको छ । बेलायति नरेश चार्ल्सको सम्पत्ति एक वर्ष ३० मिलियन पाउण्डले बढेर ६४० मिलियन पाउण्ड पुगेको छ ।  

सम्पत्तिमा आएको उछालका कारण २० स्थान सुधार आउदै उनी धनाढ्यको सूचीको २५८ औं स्थानमा पुगेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

चार्ल्सको सम्पत्ति उनकी स्वर्गिय आमा एलिजाबेथ दोस्रोको भन्दा पनि बढी पुगेको छ । चार्ल्सको सम्पत्ति उनकी आमाको भन्दा २७० मिलियन बढी पुगेको छ । तर उनको अधिकांश सम्पत्तिमा आमाबाट प्राप्त भएको लगानी पोर्टफोलियोको हिस्सा रहेको छ ।  

सूचीको शीर्ष स्थानमा भने हिन्दुजा फेमिलि रहेको छ । भारतीय संस्था हिन्दुजा कर्पोरेशन सम्पत्तिमा आएको कमीका बाबजुत पनि लगातार ४ वर्ष सूचीको शीर्ष स्थानमा रहन सफल भएको हो । हिन्दुजा कर्पोरेशनको कुल सम्पत्ति ३५ अर्ब पाउण्डबराबर रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो वर्ष बेलायतमा अरबपतिहरुको संख्या घटेर १५६ मा सीमित बनेको छ । सन् २०२४ यो संख्या १६५ थियो । सन्डे रिच लिस्टको ३७ वर्षे इतिहासमा यो गिरावट हालसम्मकै उच्च हो ।  

सूचीअनुसार बेलायतको दोस्रो धनाढ्यको सूचीमा डेबिट एण्ड सिमोन रुबेन फेमिलि रहेको छ । जसको सम्पत्ति २६.८७ पाउण्ड रहेको छ ।  

यस्तै लियोनार्ड ब्लाभात्निक २५.७३ अर्ब पाउण्डका साथ सूचीको तेस्रो स्थानमा छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.