काठमाण्डौं । बेलायतमा धनाढ्यको संख्यामा कमी आएको छ । सन्डे टाइम्स रिच लिस्टले सार्वजनिक गरेको सूचीअनुसार बेलायतमा धनाढ्यको संख्यामा हालसम्मकै उच्च गिरावट आएको हो ।
सन्डे टाइम्सले ३५० जना बेलायती धनाढ्यको सूची सार्वजनिक गरेको छ । यद्यपी यो अवधिमा बेलायतका राजा चार्ल्सको व्यक्तिगत सम्पत्ति भने बढेको छ । उनको सम्पत्ति बढेर पूर्व बेलायति प्रधानमन्त्री ऋषि सुनक र उनीकी श्रीमती अक्षता मुर्तिको भन्दा बढी पुगेको छ । बेलायति नरेश चार्ल्सको सम्पत्ति एक वर्ष ३० मिलियन पाउण्डले बढेर ६४० मिलियन पाउण्ड पुगेको छ ।
सम्पत्तिमा आएको उछालका कारण २० स्थान सुधार आउदै उनी धनाढ्यको सूचीको २५८ औं स्थानमा पुगेका छन् ।
चार्ल्सको सम्पत्ति उनकी स्वर्गिय आमा एलिजाबेथ दोस्रोको भन्दा पनि बढी पुगेको छ । चार्ल्सको सम्पत्ति उनकी आमाको भन्दा २७० मिलियन बढी पुगेको छ । तर उनको अधिकांश सम्पत्तिमा आमाबाट प्राप्त भएको लगानी पोर्टफोलियोको हिस्सा रहेको छ ।
सूचीको शीर्ष स्थानमा भने हिन्दुजा फेमिलि रहेको छ । भारतीय संस्था हिन्दुजा कर्पोरेशन सम्पत्तिमा आएको कमीका बाबजुत पनि लगातार ४ वर्ष सूचीको शीर्ष स्थानमा रहन सफल भएको हो । हिन्दुजा कर्पोरेशनको कुल सम्पत्ति ३५ अर्ब पाउण्डबराबर रहेको छ ।
यो वर्ष बेलायतमा अरबपतिहरुको संख्या घटेर १५६ मा सीमित बनेको छ । सन् २०२४ यो संख्या १६५ थियो । सन्डे रिच लिस्टको ३७ वर्षे इतिहासमा यो गिरावट हालसम्मकै उच्च हो ।
सूचीअनुसार बेलायतको दोस्रो धनाढ्यको सूचीमा डेबिट एण्ड सिमोन रुबेन फेमिलि रहेको छ । जसको सम्पत्ति २६.८७ पाउण्ड रहेको छ ।
यस्तै लियोनार्ड ब्लाभात्निक २५.७३ अर्ब पाउण्डका साथ सूचीको तेस्रो स्थानमा छन् ।