काठमाण्डौ । मेक्सिकोको नौसेनाको एउटा ठूलो प्रशिक्षण जहाज न्युयोर्क शहरको ब्रुकलिन ब्रिजसँग ठोक्किएर क्षतिग्रस्त भएको छ । यो जहाज एक विशेष समारोहको लागि त्यहाँ गएको थियो।
शनिबार साँझ जहाज यस पुल मुनिबाट गुज्रिरहेको बेला विशाल मस्तूल (जहाजको अग्लो पोल) पुलमा ठोक्किएको भिडियो सार्वजनिक भएको छ । रिपोर्टका अनुसार टक्करपछि जहाजको मस्तूलको केही भाग फुटेर जहाजमा खसेको र धेरै मानिस घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
न्यूयोर्क शहरको आपतकालीन व्यवस्थापन एजेन्सीले राहत कार्यमा संलग्न रहेको बताए पनि यससँग सम्बन्धित थप जानकारी भने दिएको छैन ।
मेक्सिकोको नौसेनाले जहाजमा क्षति पुगेको पुष्टि गरेको छ । घटनाको अनुसन्धान भईरहेको समेत बताए ।