बिहीबार, असार १२,२०८२ 09:17:26
  • बिहीबार, असार १२,२०८२ 09:17:26
Global IME Bank Limited

बोलिङ्गरको अपर ब्याण्डमा ‘सुटिङ स्टार’, के होला अब बजार ?

Hyundai Nepal
बोलिङ्गरको अपर ब्याण्डमा ‘सुटिङ स्टार’, के होला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । आज सेयर बजार दिनभरजस्तो उचारचढावपूर्ण रह्यो । आज नेप्सेमा करिव १०३ अंकको उचारचढाव देखियो ।  प्राबिधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डमा शुटिङ स्टार बनको छ ।  

यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । आगामी कारोबारमा यस्तो क्याण्डल भ्यालिड र इन्भ्यालिड दुबै हुनसक्छ । यदि आजको उच्च विन्दुभन्दा माथि बजार टिकेको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ । तर आजको न्यून विन्दु भन्दा तल बजार लागेमा भने यो क्याण्डल भ्यालिड पनि हुन सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

म्याक्डीबाट नियाल्दा भने केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक रहेका छन् । आरएसआई न्यूट्रल जोन भन्दा माथि ५३ को तहमा चलेको देखिन्छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा बजार बुलिस नै रहेको छ । आगामी दिनमा यदि बजारमा करेक्सन आएको खण्डमा बजारले बोलिङ्गरको मध्य ब्याण्डसम्म आउन पनि सक्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने आज बजारमा २० दिने मूभिङ एभरेज भन्दा माथिको कारोबार भएको छ । यो भनेको कारोबारबाट बजार मजबुत नै रहेका भन्ने हो । आगामी दिनमा यदि कारोबारले साथ दिएको खण्डमा बजारको माथिको यात्रा कायम नै रहन सक्छ ।  

नोट सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.