बिहीबार, माघ ८,२०८२ 12:35:29
Bizshala
  • बिहीबार, माघ ८,२०८२ 12:35:29
Bizshala
Global IME Bank Limited
Bizshala

आर्थिक गतिविधि बढेको राष्ट्रबैंकको ठहर, बैंकहरुको निस्क्रिय कर्जा घट्ने प्रक्षेपण

आर्थिक गतिविधि बढेको राष्ट्रबैंकको ठहर, बैंकहरुको निस्क्रिय कर्जा घट्ने प्रक्षेपण
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पछिल्लो समय समग्र मागमा सुधार आई आर्थिक गतिविधि पनि बढेको विश्लेषण सार्वजनिक गरेको छ ।  

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो विश्लेषण गरेको हो । 

Bizshala
Garima Development Bank
New Office

-समग्र मागमा सुधार आएकोछ । अर्थतन्त्रको क्षमता उपयोगमा सुधार आउन थालेको छ । मुद्रास्फीति लक्षित सीमाभन्दा कम रहेको छ ।' राष्टबैंकले भनेको छ-'तसर्थ, आर्थिक गतिविधिमा आएको सुधारलाई दिगो बनाउन सहयोग पुग्ने गरी आन्तरिक मागको व्यवस्थापन हुन सकेमा मात्र आर्थिक तथा वित्तीय सन्तुलन कायम राख्न र ब्याजदरमा आउने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सम्भव हुन्छ । यसर्थ, सन्तुलित स्तरमा मौद्रिक तरलता कायम राखी समग्र आन्तरिक माग व्यवस्थापन गर्नेतर्फ मौद्रिक नीतिको जोड रहनेछ ।'

केन्द्रीय बैंकले न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार हुँदै जाँदा आर्थिक गतिविधिमा सुधार आई बैंक तथा वित्तीय संस्थाको निस्क्रिय कर्जा व्यवस्थापन पनि सहज हुँदै जाने अनुमान समेत सार्वजनिक गरेको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट रु.३६७ अर्ब ६० करोड थप कर्जा प्रवाह भएकोमा निर्माणतर्फ ११.४ प्रतिशत (रु.२३ अर्ब ६८ करोड), औद्योगिक उत्पादन क्षेत्रतर्फ ९.६ प्रतिशत (रु.७८ अर्ब ९२ करोड), उपभोग्य क्षेत्रतर्फ ८.३ प्रतिशत (रु.८४ अर्ब ३३ करोड) र थोक तथा खुद्रा व्यापारक्षेत्रतर्फ ५.२ प्रतिशत (रु.५१ अर्ब ५० करोड) कर्जा विस्तार भएको छ । आयात (ट्रष्ट रिसिट) कर्जा ६०.६ प्रतिशतले बढेको छ भने माग तथा अन्य चालु पुँजी कर्जा १७ प्रतिशतले विस्तार भएको छ । शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जासमेत ३७.८ प्रतिशतले बढेको छ । कर्जा प्रवाहमा भएको क्रमिक वृद्धिले समेत आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुगेको देखिएको उसको विश्लेषण छ ।

'आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ ।' मौद्रिक समीक्षामा भनिएको छः 'नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।'

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.