बुधबार, असार १०,२०८३ 08:50:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:50:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मौद्रिक समीक्षाबाट सेयर लगानीकर्ता उत्साहित, ‘अब सुनौला दिन आउने भए !’

Laxmi Sunrise Bank Limited
मौद्रिक समीक्षाबाट सेयर लगानीकर्ता उत्साहित, ‘अब सुनौला दिन आउने भए !’

काठमाण्डौ । लामो समयदेखि सेयर लगानीकर्ता नेपाल राष्ट्रबैंकको नीतिका कारण प्रताडित थिए । केन्द्रीय बैंकले लिएको गलत नीतिको शिकार धेरै लगानीकर्ता भएका थिए भने कतिपय त पलायन नै भइसकेका छन् । आफ्नो कार्यकालभरि सेयरबजारप्रति नकारात्मक बनेकै कारण पूर्व गभर्नर महाप्रसाद अधिकारीले कार्यकालभरि  कैयन आलोचना व्यहोर्नुपर्यो । अधिकारीपछि गभर्नर बनेका डा. विश्व पौडेलले भने निराशाको बादलले घेरिएका लगानीकर्तामा आशा जगाउने काम गरिदिएका छन् । जसको लगानीकर्ताहरुले समेत खुलेरै समर्थन गरेका छन् ।

New Office
CG Motors
Garima Development Bank

डा. पौडेल गभर्नरमा नियुक्त भएको केही दिनमै चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो समीक्षा आज सार्वजनिक गरिएको छ । जहाँ सेयरधितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्ने घोषणा गरिएको छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि यसले लगानीकर्ताको मनोबल बढाउने र यसकै कारण बजारमा हरियाली छाउनसक्ने विश्लेषण हुन थालेको छ ।  

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले लगानीकर्ताहरुको लामो समयदेखिको माग पूरा भएको प्रतिक्रिया दिंदै बिजशालासँग भने -'यसले सकारात्मक सन्देश गएको छ । अब बिस्तारै अन्य माग पनि पूरा हुने आशा गर्न सकिने भएको छ ।'  

क्लबहाउसमा बोल्दै लगानीकर्ता प्रकाश पन्तले पनि मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सकारात्मक भएको बताए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अरु केही लगानीकर्ताहरुले भने 'हिजोको दिनमा राष्ट्रबैंकले बिगारेको परिस्थिति आज राष्ट्रबैंकले भने सुधारेको' भन्दै खुशी प्रकट गरेका छन् ।  

सक्रिय लगानीकर्ता गोबिन्दप्रसाद घिमिरेले नयाँ गभर्नरले बजारका लागि 'बोल्ड डिसीजन' गरेका दाबी गरे । उनले अगाडि भनेका छन्-'मौद्रिक नीतिको समीक्षा निकै सकारात्मक छ । यो सेयर बजारका लागि टर्निङ प्वाइन्ट बन्ने भयो । यसले लगानीकर्ताको मनोबल बढाएको छ। अब सेयर धितो कर्जामा लगाइएको क्याप पनि खोलिनुपर्छ । ब्याजदर न्यून बिन्दुमा रहेको छ । अहिले जोखिम नभएर नै जोखिमभार हटाएको हो । अब सेयर बजारका सुनौला दिन आउने भए ।'  

अर्का, सक्रिय लगानीकर्ता टेकेन्द्र थपलियाले पनि लगानीकर्ताहरुको लागि नयाँ गभर्नरले सकारात्मक सन्देश दिएका बताए । उनले प्रजातान्त्रिक धारको गभर्नर आएपछि सुधारको संकेत देखिएको समेत दाबी गरे । उनले थपे-' आशाको संकेत देखियो । गभर्नर भोलिका दिनमा समेत बजारमैत्री हुँदै जान्छन् भन्ने आजको समीक्षाबाट बुझियो । लगानीकर्ताको भावना बुझेर महत्वपूर्ण माग पूरा गरिदिएकोमा गभर्नरलाई विशेष धन्यवाद !'

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.