काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा छुटको म्याद थप गरेको छ । कम्पनीले बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २०८१ फागुन १५ गतेदेखि २०८२ जेठ १३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमाशुल्क नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने व्यवस्था गरेको थियो ।
अब भने कम्पनीले उक्त छुटको अवधि अन्तिमपटक लम्बाउदै असार ५ गतेसम्म कायम गरेको छ । कम्पनीले विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ । एकपटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरुलाई पुरा बीमा आवधिभर पुनः छुट नदिइने कम्पनीले जनाएको छ र बीमालेख व्यतित भएको १८० दिनभन्दा बढी भएको हुनुपर्नेछ ।