बिहीबार, असार १२,२०८२ 09:32:07
  • बिहीबार, असार १२,२०८२ 09:32:07
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी’ भ्यालिड, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी’ भ्यालिड, अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्सको दैनिक चार्टमा मंगलबार ड्रागन फ्लाई डोजी बनेको थियो । त्यो क्याण्डललाई  बिहिबारको बुलिस प्रकृतिको क्याण्डलले भ्यालिड बनाएको छ ।

सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ‘ड्रागन फ्लाई डोजी’ भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।  

यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र कारोबारको अन्तिम समयमा क्रेताले बजारलाई माथि धकेली पुनः सुरुको मूल्य तथा सूचकमा पुर्याएको हुन्छ । यो मैनबत्तीले तलको लामो धागोले बजारमा क्रेताको चाप रहेको कुरालाई संकेत गर्छ । माथीको छोटो धागोले बिक्रेताको अझै कायम रहेको बुझिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

लामो समयको घट्दो ट्रेन्डमा यस्तो आकृति देखा परेमा बजारले बुलिस ट्रेन्डमा जाने संकेत गर्छ । यसअघि यस्तै आकृति बन्दा बजार बुलिस बनेको थियो । आज अन्तिम समयमा तानिएको बजारले अघिल्लो कारोबारको तुलनामा २ अर्ब बढी कारोबार पनि भएको छ । यद्यपी हालको बजारले माथिको प्रतिरोध प्रति ब्रेक गर्न नसकेको र तलको सपोर्ट पनि ब्रेक डाउन गर्न नसकेको अबस्था देखिन्छ । यदि आगामी कारोबारमा बजारले २७३० भन्दा माथि ब्रेक गरेमा माथिको यात्रा तय गर्ने छ । तर बजार २६५० विन्दुभन्दा तल लागेमा भने बिक्री दबाब पनि रहन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो  विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.