बिहीबार, असार १२,२०८२ 09:14:01
  • बिहीबार, असार १२,२०८२ 09:14:01
Global IME Bank Limited

नेप्सेको साप्ताहिक चार्टमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?

Hyundai Nepal
नेप्सेको साप्ताहिक चार्टमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता  सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने बजारमा ५ दिन कारोबार भएको थियो ।  यो साता ४ दिन कारोबारमा बजार  २ दिन बढ्यो भने २ दिन घट्यो ।  

अघिल्लो साता २ हजार ६८८.५५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६९३.०६ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता बजार ४.५१ अंकले मात्रै बढ्यो । अघिल्लो साता भने बजार ७६.७ अंकले थियो । यो साता दोस्रो बजारमा ४ दिन कारोबारमा ३० अर्ब ३० करोडको सेयर कारोबार भयो ।  

अघिल्लो साता सेयर बजारमा ५ कारोबार दिनमा ४३ अर्ब ७० करोडबराबरको कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४४ खर्ब ८३ खर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकरण ४३ खर्ब ७० करोड थियो । यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पत्ति १३ अर्बले बढ्यो ।

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा 

सेयरको सुरु र अन्तिम मूल्य एउटै भएको तल माथि धागो निस्केको क्याण्डललाई डोजी स्टार भनिन्छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल हो । यस्तो अवस्थामा लगानीकर्ता चरम अन्यौलतामा छन् भन्ने बुझिन्छ । यसमा माथिको लामो धागोले क्रेताको दबाब र तलको धागोले बिक्रेताको दबाबलाई जानउछन् ।  

यो साता २६९३ विन्दुमा बन्द भएको बजारमा यदि आगामी साता बुलिस प्रकृतिको क्याण्डल बनेर भोल्युमसहित बजार २७४५ विन्दुभन्दा माथि लागेको खण्डमा बजारको माथिको सम्भावना रहेको बुझिन्छ । तर बजार यो साताको न्यून विन्दु २६६१ भन्दा तल जान्छ भने बजारमा बिक्री दबाबको सम्भावना पनि रहन्छ । साप्ताहिक रुपमा बजारलाई नियाल्दा पछिल्लो पल्ट ११ साता देखि साइडवेज रहेको छ । यस हिसावले यदि आगमी कारोबारमा बजारले २७६० भन्दा माथी लाग्छ भने त्यो साढे २ महिना पछिकै उच्च हुने छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा बजारलाई नियाल्दा नेप्से लामो समयदेखि मध्य ब्याण्डमा चलेको देखिन्छ । यो साता पनि बजार मध्य ब्याण्डमा नै चलेको देखिन्छ । म्याक्डीबाट नियाल्दा बजारमा बियरिस क्रसओभर भ्यालिड नै रहेको देखिन्छ । साप्ताहिक रुपमा  आरएसआई न्यूट्रल जोनमा चलेको देखिन्छ । साप्ताहिक रुपमा इन्डिकेटरबाट नियाल्दा पनि बजारमा अनिर्णयको संकेत देखिन्छ ।  

 

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८१९

प्रतिरोध २ – २७७९

प्रतिरोध १–  २७०१

पिभट् प्वइन्टः २६६२

घटेमा सपोर्ट 

सपोर्ट १– २५८४

सपोर्ट २– २५४४

सपोर्ट  ३ –२४६६

निष्कर्षः यो साता नेप्से जम्मा ४.५१ अंकले बढ्यो । अघिल्लो साता बजारमा ७६.७ अंकको बढोत्तरी आएको थियो । प्राविधिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा यो साता लङ लेग्ड डोजी स्टार बनेको देखिन्छ । यो भनेको यो साता लगानीकर्ता चरम अन्यौलतामा रहे भन्ने हो ।   मूभिङ एभरेजबाट नियाल्दा बजार अघिल्लो साता नै ५० दिने मूभिङ एभरेज रेखाबाट माथि  लागेको छ ।  

कारोबार तथा भोल्युमबाट नियाल्दा यो साता बजार २० दिने मुभिङ एभेरज रेखासँगै हिंडेको छ । स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा अघिल्लो साता बजारले ‘ब्रेक अप स्टक्चर’ बनाएको छ । यस हिसाबले यो साता २६९३ को विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २७४५ विन्दु भन्दा माथि कारोबारसहित टिकेको खण्डमा माथिको यात्रा थप निश्चित हुनेछ ।

क्षेत्रगत रुपमा हेर्दा यो साता वाणिज्य बैंक, विकास बैंक , जलविद्युत, उत्पादन , कारोबार र म्युचुअल फण्डमा हरियाली छायो भने बाँकी सबै समूहमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.