शनिबार, श्रावण ३०,२०८३ 08:17:47
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:17:47
Bizshala
Global IME Bank Limited

नेप्सेको साप्ताहिक चार्टमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?

Prabhu Bank Limited
नेप्सेको साप्ताहिक चार्टमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?
New Office

काठमाण्डौ । यो साता  सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने बजारमा ५ दिन कारोबार भएको थियो ।  यो साता ४ दिन कारोबारमा बजार  २ दिन बढ्यो भने २ दिन घट्यो ।  

अघिल्लो साता २ हजार ६८८.५५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६९३.०६ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता बजार ४.५१ अंकले मात्रै बढ्यो । अघिल्लो साता भने बजार ७६.७ अंकले थियो । यो साता दोस्रो बजारमा ४ दिन कारोबारमा ३० अर्ब ३० करोडको सेयर कारोबार भयो ।  

अघिल्लो साता सेयर बजारमा ५ कारोबार दिनमा ४३ अर्ब ७० करोडबराबरको कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४४ खर्ब ८३ खर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकरण ४३ खर्ब ७० करोड थियो । यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पत्ति १३ अर्बले बढ्यो ।

CG Motors

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा 

सेयरको सुरु र अन्तिम मूल्य एउटै भएको तल माथि धागो निस्केको क्याण्डललाई डोजी स्टार भनिन्छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल हो । यस्तो अवस्थामा लगानीकर्ता चरम अन्यौलतामा छन् भन्ने बुझिन्छ । यसमा माथिको लामो धागोले क्रेताको दबाब र तलको धागोले बिक्रेताको दबाबलाई जानउछन् ।  

यो साता २६९३ विन्दुमा बन्द भएको बजारमा यदि आगामी साता बुलिस प्रकृतिको क्याण्डल बनेर भोल्युमसहित बजार २७४५ विन्दुभन्दा माथि लागेको खण्डमा बजारको माथिको सम्भावना रहेको बुझिन्छ । तर बजार यो साताको न्यून विन्दु २६६१ भन्दा तल जान्छ भने बजारमा बिक्री दबाबको सम्भावना पनि रहन्छ । साप्ताहिक रुपमा बजारलाई नियाल्दा पछिल्लो पल्ट ११ साता देखि साइडवेज रहेको छ । यस हिसावले यदि आगमी कारोबारमा बजारले २७६० भन्दा माथी लाग्छ भने त्यो साढे २ महिना पछिकै उच्च हुने छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा बजारलाई नियाल्दा नेप्से लामो समयदेखि मध्य ब्याण्डमा चलेको देखिन्छ । यो साता पनि बजार मध्य ब्याण्डमा नै चलेको देखिन्छ । म्याक्डीबाट नियाल्दा बजारमा बियरिस क्रसओभर भ्यालिड नै रहेको देखिन्छ । साप्ताहिक रुपमा  आरएसआई न्यूट्रल जोनमा चलेको देखिन्छ । साप्ताहिक रुपमा इन्डिकेटरबाट नियाल्दा पनि बजारमा अनिर्णयको संकेत देखिन्छ ।  

 

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८१९

प्रतिरोध २ – २७७९

प्रतिरोध १–  २७०१

पिभट् प्वइन्टः २६६२

घटेमा सपोर्ट 

सपोर्ट १– २५८४

सपोर्ट २– २५४४

सपोर्ट  ३ –२४६६

निष्कर्षः यो साता नेप्से जम्मा ४.५१ अंकले बढ्यो । अघिल्लो साता बजारमा ७६.७ अंकको बढोत्तरी आएको थियो । प्राविधिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा यो साता लङ लेग्ड डोजी स्टार बनेको देखिन्छ । यो भनेको यो साता लगानीकर्ता चरम अन्यौलतामा रहे भन्ने हो ।   मूभिङ एभरेजबाट नियाल्दा बजार अघिल्लो साता नै ५० दिने मूभिङ एभरेज रेखाबाट माथि  लागेको छ ।  

कारोबार तथा भोल्युमबाट नियाल्दा यो साता बजार २० दिने मुभिङ एभेरज रेखासँगै हिंडेको छ । स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा अघिल्लो साता बजारले ‘ब्रेक अप स्टक्चर’ बनाएको छ । यस हिसाबले यो साता २६९३ को विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २७४५ विन्दु भन्दा माथि कारोबारसहित टिकेको खण्डमा माथिको यात्रा थप निश्चित हुनेछ ।

क्षेत्रगत रुपमा हेर्दा यो साता वाणिज्य बैंक, विकास बैंक , जलविद्युत, उत्पादन , कारोबार र म्युचुअल फण्डमा हरियाली छायो भने बाँकी सबै समूहमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.