सोमबार, श्रावण १८,२०८३ 07:00:39
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:00:39
Bizshala
Global IME Bank Limited

ट्यारिफका कारण दक्षिण कोरियाको निर्यात ४ महिनामा पहिलोपटक घट्यो

ट्यारिफका कारण दक्षिण कोरियाको निर्यात ४ महिनामा पहिलोपटक घट्यो
New Office

काठमाण्डौ । दक्षिण कोरियाको निर्यात पछिल्लो चार महिनामा पहिलोपटक घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिका र चीनमा आपूर्ति घट्दा दक्षिण कोरियाको निर्यातमा गिरावट आएको हो ।  

एशियाको चौथो ठूलो अर्थतन्त्रको रुपमा रहेको दक्षिण कोरियाको निर्यात १.३ प्रतिशतले घटेको छ । दुई ठूला बजार अमेरिका र चीनमा निर्यात घट्दा समग्र निर्यातमा प्रभाव परेको दक्षिण कोरियाका उद्योग तथा व्यापारमन्त्री आन्ह दुक–ग्योनले बताए ।  

गत मध्य मे महिनामा चीन र अमेरिकाबीच ९० दिनका लागि एक अर्कामाथि लगाउदै आएको ट्यारिफमा रोक लगाउने सहमित भएको थियो । तर गत शुक्रबार ट्रम्पले चीनले यो सम्झौताको उल्लंघन गरेको आरोप लगाउदै कडा कदम चाल्ने चेतावनी दिएका थिए । यस्तै उनले स्टिल र आल्मुनियममाथिको ट्यारिफ दोब्बरले बढाउदै ५० प्रतिशत पुर्याउने समेत बताएका थिए ।  

ट्रम्पले लगाएको पारस्परिक शुल्क(२५ प्रतिशत ट्यारिफसहित) ९० दिनका लागि स्थगित छ । दक्षिण कोरियाले अमेरिकामा गरेको निर्यात ८.१ प्रतिशत र चीनमा ८.४.प्रतिशतले घटेको छ । यसबीचमा युरोपको निर्यात भने ४ प्रतिशतले बढेको छ ।  

यस्तै दक्षिणपूर्वी एशियाली देशको निर्यात १.३ प्रतिशतले घट्दा ताइवानको ४९.६ प्रतिशतले बढेको छ ।  

वस्तुगत रुपमा हेदा सेमिकन्डक्टरको निर्यात २१.२ प्रतिशतले बढेको छ । तर कारको निर्यात भने ४.४ प्रतिशतले खस्किएको छ ।  

दक्षिण कोरियाको आयात पनि ५.३ प्रतिशतले घटेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.