बिहीबार, असार १२,२०८२ 09:03:35
  • बिहीबार, असार १२,२०८२ 09:03:35
Global IME Bank Limited

लगानीकर्तालाई बारम्बार झुक्याउँदै बजार, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

Hyundai Nepal
लगानीकर्तालाई बारम्बार झुक्याउँदै बजार, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । जेठ महिना लागे पछि पूँजीबजारमा केही सकारात्मक समाचार पनि आउन थाले । यो सँगै लगानीकर्ताहरुमा केही उत्साह पनि देखिन थाल्यो । जेठको पहिलो साता नयाँ गभर्नर निश्चित भए पछि बजारमा सकारात्मक सर्किट लागेर हल्ट हुने लगानीकर्ताहरुले अनुमान लगाएका थिए । यो सँगै जेठको ७ गते इन्ट्रा डेमा ९३ अंकले बढेको बजार अन्त्यमा भने घटेर नै बन्द भयो । अनपेक्षित रुपमा बजार घटेपछि लगानीकर्ता जिल्ल परे ।

त्यसैगरि नयाँ गभर्नर आए पछि अप्रत्यासित रुपमा मौद्रिक नीतिको समीक्षामा जोखिम भार घटाइयो । त्यसपछि पनि जेठ १२ गते बजार हल्ट हुने अनुमान लगानीकर्ताहरुले लगाए तर बजार घटेर नै बन्द भयो । त्यसैगरि बजेटपछि आज खुलेको बजारले पनि यस अघि जस्तै लगानीर्ताहरुलाई निराश नै बनायो । आज पनि लगानीकर्ताहरुले बजेट राम्रै आएको र हल्ला भए जस्तो लाभकर नबढेको भन्दै आज पनि बजार सकारात्मक सर्किट लागेर हल्ट हुने अपेक्षा लगानीकर्ताहरुले गरेका थिए । यसरी पछिल्लो पटक बजारले २ सातामा लगानीकर्ताहरुलाई ३ पटकसम्म झुक्कायो । बजार बढेर हल्ट हुने त टाढाकै कुरा पछिल्लो पटक २ महिनादेखि बजार २७ सय माथि बन्द हुनै सकेको छैन । इन्ट्रा डेमा २७ सय माथि कारोबार हुन्छ तर २ बजे पछि बजार बिस्तारै तलै खसेर बन्द हुने क्रम बढेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

किन बढ्न सकेन बजार ?

केही ब्रोकरहरुका अनुसार बजारमा नयाँ लगानीकर्ता र  नयाँ पैसा नै आउन सकिरहेको छैन । धेरै लगानीकर्ताले उधारोमा कारोबार गरेका छन् ।  उनीहरुले खातामा सेयर आउने बित्तिकै बिक्री गर्छन् । केही लगानीकर्ताहरु भने बजारमा अझै आशा जिवितै रहेको तर्क पनि गर्छन् । कारोबारले बजारलाई साथ दिएको र लामो समय साइडवेजमा गएको कारण बजार माथि जान समय लागेको उनीहरुको तर्क रहेको छ । अहिले बजारमा खासगरि प्राबिधिक पक्ष हेरेर कारोबार गर्ने अल्पकालिन लगानीकर्ताहरु बढी हावी रहेका छन् । उनीहरु यस अघिको २७४५ को विन्दु ब्रेक नगरेसम्म बजारमा इन्ट्री गर्न मान्दैनन् । यी र यस्तै कारणले अहिले बजारले गति लिन नसकेको तर्क गर्नेहरु पनि बजारमा भेटिन्छन् ।

प्राविधिक  रुपमा कस्तो ?

पछिल्लो पल्टको बजारलाई ट्रेन्ड लाइन र क्याण्डल स्टिकबाट नियाल्दा बजारले २७३० देखि २७४० विन्दुको बीचमा कडा प्रतिरोध सामना गरेको देखिन्छ । आज २६९४ विन्दुमा बन्द भएको बजारमा यदि २६७५ विन्दुभन्दा माथि टिकेर कारोबार हुन्छ भने २७४० विन्दु आसपासको चट्टानी प्रतिरोधलाई बजारले ब्रेक गरेर माथि लाग्ने सम्भावना भने अझै पनि जिबितै नै रहन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.