शनिबार, श्रावण ३०,२०८३ 08:12:16
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:12:16
Bizshala
Global IME Bank Limited

लगानीकर्तालाई बारम्बार झुक्याउँदै बजार, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

Prabhu Bank Limited
लगानीकर्तालाई बारम्बार झुक्याउँदै बजार, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । जेठ महिना लागे पछि पूँजीबजारमा केही सकारात्मक समाचार पनि आउन थाले । यो सँगै लगानीकर्ताहरुमा केही उत्साह पनि देखिन थाल्यो । जेठको पहिलो साता नयाँ गभर्नर निश्चित भए पछि बजारमा सकारात्मक सर्किट लागेर हल्ट हुने लगानीकर्ताहरुले अनुमान लगाएका थिए । यो सँगै जेठको ७ गते इन्ट्रा डेमा ९३ अंकले बढेको बजार अन्त्यमा भने घटेर नै बन्द भयो । अनपेक्षित रुपमा बजार घटेपछि लगानीकर्ता जिल्ल परे ।

त्यसैगरि नयाँ गभर्नर आए पछि अप्रत्यासित रुपमा मौद्रिक नीतिको समीक्षामा जोखिम भार घटाइयो । त्यसपछि पनि जेठ १२ गते बजार हल्ट हुने अनुमान लगानीकर्ताहरुले लगाए तर बजार घटेर नै बन्द भयो । त्यसैगरि बजेटपछि आज खुलेको बजारले पनि यस अघि जस्तै लगानीर्ताहरुलाई निराश नै बनायो । आज पनि लगानीकर्ताहरुले बजेट राम्रै आएको र हल्ला भए जस्तो लाभकर नबढेको भन्दै आज पनि बजार सकारात्मक सर्किट लागेर हल्ट हुने अपेक्षा लगानीकर्ताहरुले गरेका थिए । यसरी पछिल्लो पटक बजारले २ सातामा लगानीकर्ताहरुलाई ३ पटकसम्म झुक्कायो । बजार बढेर हल्ट हुने त टाढाकै कुरा पछिल्लो पटक २ महिनादेखि बजार २७ सय माथि बन्द हुनै सकेको छैन । इन्ट्रा डेमा २७ सय माथि कारोबार हुन्छ तर २ बजे पछि बजार बिस्तारै तलै खसेर बन्द हुने क्रम बढेको छ ।  

CG Motors

किन बढ्न सकेन बजार ?

केही ब्रोकरहरुका अनुसार बजारमा नयाँ लगानीकर्ता र  नयाँ पैसा नै आउन सकिरहेको छैन । धेरै लगानीकर्ताले उधारोमा कारोबार गरेका छन् ।  उनीहरुले खातामा सेयर आउने बित्तिकै बिक्री गर्छन् । केही लगानीकर्ताहरु भने बजारमा अझै आशा जिवितै रहेको तर्क पनि गर्छन् । कारोबारले बजारलाई साथ दिएको र लामो समय साइडवेजमा गएको कारण बजार माथि जान समय लागेको उनीहरुको तर्क रहेको छ । अहिले बजारमा खासगरि प्राबिधिक पक्ष हेरेर कारोबार गर्ने अल्पकालिन लगानीकर्ताहरु बढी हावी रहेका छन् । उनीहरु यस अघिको २७४५ को विन्दु ब्रेक नगरेसम्म बजारमा इन्ट्री गर्न मान्दैनन् । यी र यस्तै कारणले अहिले बजारले गति लिन नसकेको तर्क गर्नेहरु पनि बजारमा भेटिन्छन् ।

प्राविधिक  रुपमा कस्तो ?

पछिल्लो पल्टको बजारलाई ट्रेन्ड लाइन र क्याण्डल स्टिकबाट नियाल्दा बजारले २७३० देखि २७४० विन्दुको बीचमा कडा प्रतिरोध सामना गरेको देखिन्छ । आज २६९४ विन्दुमा बन्द भएको बजारमा यदि २६७५ विन्दुभन्दा माथि टिकेर कारोबार हुन्छ भने २७४० विन्दु आसपासको चट्टानी प्रतिरोधलाई बजारले ब्रेक गरेर माथि लाग्ने सम्भावना भने अझै पनि जिबितै नै रहन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.