Bizshala
  • बिहीबार, पुष २४,२०८२ 05:44:48
Bizshala
Global IME Bank Limited

माधव कुमार नेपालको सांसद पद निलम्बन, के हो पतञ्जलि प्रकरण ?

Hyundai Nepal
माधव कुमार नेपालको सांसद पद निलम्बन, के हो पतञ्जलि प्रकरण ?
Shivam Cement

काठमाण्डौ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । बिहिबार भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा नेपाललाई प्रतिवादी बनाउदै विशेष अदालतमा मुद्दा दायर भएको हो ।  

उनीमाथि दायर भएको मुद्दा नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीमाथिको पहिलोपटक भ्रष्टाचारसम्बन्धी मुद्दा हो ।  

CG Motors
Bizshala
Garima Development Bank

२०६४ सालमा नेपालमा स्थापित भारतीय बाबा रामदेबको पतञ्जलिको कार्यालयलाई २०६६ माघ १८ मा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको प्रस्तावमा नेपाल मन्त्रिपरिषद्को निर्णयले विभिन्न जिल्लामा जग्गा खरिद गर्न अनुमति दिएको थियो । जसपश्चात आयुर्वेद औषधि उद्योग खोल्नेसँगै जडिबुटी खेती गर्नेलगायत कार्य गर्ने भन्दै बनेपाको साँगा, नासिकास्थानलगायत ठाउँमा पतञ्जिलीले ८ सय १५ रोपनी जग्गा हदबन्दी छुटमा किनेको थियो। २०६६ चैत ६ गतेको निर्णयले खरिद गरिएका जग्गामध्ये केही जग्गा बिक्री गर्न छुट दिइएको थियो ।  

उक्त समयमा माधवकुमार नेपाल प्रधानमन्त्री थिए।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

यसरी हदबन्दीमा किनिएको जग्गा बेच्न पाउने अधिकार कानुनी रुपमा कम्पनीलाई नभएको अवस्थामा छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमति दिएपछि यसलाई अनुसन्धानको दायरामा ल्याएर दोषीलाई कारबाही गरिनुपर्ने माग उठेको थियो ।  

नेपालको जग्गाको हदबन्दीसम्बन्धी कार्यविधिले काठमाण्डौ उपत्यकाबाहेकका पहाडी क्षेत्रमा ७० रोपनीको अधिकतम हद कायम गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.