माधवकुमार नेपालविरुद्ध उम्मेदवारी खारेजी माग गर्दै उजुरी दर्ता
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालविरुद्ध उजुरी दर्ता भएको छ। रौतहट–१ का उम्मेदवार रामनरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा उजुरी दिएका हुन्।

