काठमाण्डौ । प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालविरुद्ध उजुरी दर्ता भएको छ। रौतहट–१ का उम्मेदवार रामनरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा उजुरी दिएका हुन्।
उजुरीमा यादवले नेपालको उम्मेदवारी खारेज गर्न माग गरेका छन्। उजुरी अनुसार, नेपालमाथि पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाण्डौमा विचाराधीन छ र हाल निलम्बित अवस्थामा रहेको छ।
उक्त उजुरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार, निलम्बित वा भ्रष्टाचार मुद्दा विचाराधीन व्यक्तिले चुनाव लड्न नपाउने भएकाले नेपालको उम्मेदवारी खारेज हुनुपर्ने दाबी गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।