शुक्रबार, असार १९,२०८३ 04:41:31
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 04:41:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चीन भ्रमण गर्ने योजनामा ट्रम्प, सी जिनपिङलाई समेत दिए अमेरिका आउने निम्तो

Laxmi Sunrise Bank Limited
चीन भ्रमण गर्ने योजनामा ट्रम्प, सी जिनपिङलाई समेत दिए अमेरिका आउने निम्तो

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने योजना बनाएको बताएका छन् । ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा वार्तालाप गरेसँगै यस्तो बताएका हुन् ।  

ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिका भ्रमणको निम्तो समेत दिएका छन् । यद्यपि दुवै देशले औपचारिक रूपमा भ्रमणको पुष्टि भने गरेका छैनन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार ह्वाइट हाउसको अनुरोधमा दुई नेताबीच फोनवार्ता भएको थियो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा लेखेका छन्, ‘दुईबीचको कुराकानी डेढ घण्टासम्म चलेको थियो र यस अवधिमा अधिकांश कुराकानी व्यापारका विषयमा भएको थियो । यसको नतिजा दुबै देशका लागि सकारात्मक थियो।’

New Office
CG Motors
Garima Development Bank

ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जसँगको भेटमा ट्रम्पले भने, ‘सी जिनपिङले मलाई चीन आउन आग्रह गरे र मैले उनलाई अमेरिका आउन निम्तो दिएँ। हामी दुवैले यो प्रस्ताव स्वीकार गर्यौँ।’

ट्रम्पले आफ्नी श्रीमतीसँग चीन जाने र सी जिनपिङले पनि आफ्नी श्रीमतीसँग अमेरिका जाने अपेक्षा गरेका छन् । तर, चीनले जारी गरेको विज्ञप्तिमा ट्रम्पलाई दिएको निमन्त्रणा मात्र उल्लेख गरिएको छ, ह्वाइट हाउसको निमन्त्रणामा भने उल्लेख गरिएको छैन । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार वार्ताका क्रममा सी जिनपिङले ट्रम्पलाई अमेरिकाले चीनविरुद्ध उठाएको नकारात्मक कदम फिर्ता लिनुपर्ने बताए ।  

उनले चीनले सधैं आफ्नो प्रतिबद्धता पूरा गर्ने र हालै जेनेभामा भएको सम्झौतामा दुवै पक्ष अडिग रहनुपर्ने बताए। वास्तवमा दुवै देशले एकअर्कालाई यो सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् । यो सम्झौताको उद्देश्य दुई बीचको शुल्क घटाउनु थियो। ट्रम्पले यो सम्झौतालाई ‘टोटल रिसेट’ भनेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस वर्षको फेब्रुअरीमा, ट्रम्पले धेरै देशहरूमा कर लगाएका थिए, यद्यपि चीनमा सबैभन्दा बढी भन्सार लगाइएको थियो। जवाफमा चीनले पनि अमेरिकी सामानमा भारी कर लगाएपछि दुई देशबीचको व्यापार युद्ध गहिरिँदै गयो ।  

त्यसपछि मे महिनामा दुवै देशबीच व्यापार सम्झौताका लागि जेनेभामा बैठक भएको थियो । यस व्यापार सम्झौता अन्तर्गत अमेरिकाले चीनबाट आयात हुने सामानमा भन्सार शुल्क १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशत पुर्याएको छ । यसैबीच चीनले अमेरिकी सामानमा लगाइएको भन्सार १२५ प्रतिशतबाट घटाएर १० प्रतिशत पुर्याएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.