Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 11:21:48
Bizshala
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तद्वारा वातावरण दिवसको अवसरमा फलफूलको बिरुवा वितरण

Hyundai Nepal
स्वावलम्बन लघुवित्तद्वारा वातावरण दिवसको अवसरमा फलफूलको बिरुवा वितरण
Shivam Cement

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कल्याणपुर,सप्तरीले विश्व वातावरण दिवसको अवसरमा विभिन्न फलफूलको बिरुवाहरु वितरण गरेको छ ।

वित्तीय संस्थामा आवद्ध ग्राहक महिला सदस्यहरुलाई कृषिमा उद्यमी बनाउने अभिप्रायले खडक नगरपालिका वडा नं. ५ र ६ साथै शम्भुनाथ नगरपालिका वडा नं.७ र८ का ९९ घरधूरीका महिलाग्राहक सदस्यहरु प्रत्येकलाई आँप, लिची र कागतीका बिरुवाहरु वितरण गरिएको हो ।

CG Motors
Bizshala
Garima Development Bank

फलफूलका विरुवाहरु वितरण कार्यक्रम शम्भूनाथ नगरपालिकाको वाड नं.८ स्थित  आधारभूत विद्यालयमा आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष इन्द्रकान्त चौधरीले समुदायमा यस प्रकारका विरुवाहरु वितरण गरी कृषि उद्यममा सघाउ पुर्याएकोमा स्वावलम्ब लघुवित्तलाई धन्यबाद दिए । त्यसैगरी विशिष्ठ अतिथि विद्यालयका प्रधानाध्यापक विजयकुमार चौधरीले महिलाहरुलाई फलफुलका विरुवा वितरणबाट गाउँमा फलफुल खेतीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

कार्यक्रममा शाखा प्रबन्धक अनिलकुमार साहले वित्तीय संस्थाले कर्जा तथा बचतको सेवाका अतिरिक्त समय समयमा ग्राहक सदस्यलाई विभिन्न उद्यममा टेवा पुग्ने गरी आर्थिक तथा गैर आर्थिक सहयोग तथा उद्यमशीलता प्रबद्र्धनका लागि कार्य गर्दै आएको बताए ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.