आईतवार, जेष्ठ २५,२०८२ 03:22:22
IME remit
  • आईतवार, जेष्ठ २५,२०८२ 03:22:22
IME remit
Global IME Bank Limited

कजारियाबाट नेपालमा टायल क्षेत्रमा क्रान्ति, सुरु भयो प्रिमियम फ्लोरिङ युग

Hyundai Nepal
कजारियाबाट नेपालमा टायल क्षेत्रमा क्रान्ति, सुरु भयो प्रिमियम फ्लोरिङ युग
Nabil Bank Limited

काठमाण्डौ । भारतको नम्बर १ टायल कम्पनी कजारियाले नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनको लागि विश्वास जितेको ब्रान्डको रूपमा, अब नेपालमै पहिलोपटक एचडी पॉलिश टायल (60x120 सेमी) प्रस्तुत गरेको छ। अत्याधुनिक प्रविधिद्वारा निर्माण गरिएको यो टायल अब नेपालमा केवल कजारियामा मात्र उपलब्ध छ। यसले नेपाली भुइँ सजावटको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दैछ।

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

कजारियाको एचडी पॉलिश टायल उच्च परिष्कृत, अत्यधिक टिकाउ र अत्याधुनिक प्रविधिको प्रयोगमा आधारित छ। यसमा ऐनाजस्तै चमक, उच्च-डेफिनेशन प्रिन्टिङ र सुपर-स्मूद फिनिशको संयोजनले कुनै पनि ठाउँलाई विलासी र आकर्षक बनाउँछ। यसको अत्यधिक टिकाउपन, कम पानी सोस्ने क्षमता, र सौन्दर्यशास्त्रीय अपिलले यो टायललाई ५-तारे होटल, लक्जरी मल, प्रिमियम शो-रुम, र अन्य भब्य स्थानहरूको लागि उपयुक्त बनाउँछ।

कजारियाका निर्देशक हिमान्शु अग्रवालले भने, “यो टायल केवल टायल होइन, विलासिता अनुभव हो। नेपालमा यस्तो उच्चस्तरीय टायल पहिलोपटक ल्याउनु पाउँदा हामी गर्वित छौं। यो टायल शहरी क्षेत्रमा राम्रो प्रदर्शन गरिरहेको छ र हामी नेपाली आर्किटेक्टहरू तथा इन्टेरियर डिजाइनरहरूलाई नयाँ स्तरको शैली र गुणवत्ता दिन पाउँदा उत्साहित छौं।”

60x120 सेमीको यो एचडी पॉलिश टायल तिनीहरूका लागि डिजाइन गरिएको हो जो सदैव उत्कृष्टता खोज्छन्। सहि हेरचाहमा यो दशकौंसम्म टिक्न सक्छ र यसको मर्मत पनि सहज छ। यसको प्रिमियम प्रिन्टिङ र उच्च चमकले प्रत्येक टायललाई चम्किलो र गहिरो बनाउँछ, जसले कुनै पनि स्थानलाई जीवन्त बनाउँछ।

Muktinath Bikas Bank Limited

५-तारे होटल, लक्जरी अपार्टमेन्ट, मलहरू र अन्य व्यावसायिक ठाउँहरूबाट माग तीव्र रूपमा बढ्दै गइरहेकाले, कजारियाको एचडी पॉलिश टायल नेपालमा प्रिमियम फ्लोरिङको लागि पहिलो रोजाइ बन्दै गएको छ। यसले कजारियाको गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुषतिप्रतिको प्रतिबद्धता प्रमाणित गर्छ।

कजारिया रमेश टायल्स लिमिटेडले नेपालमा सबैभन्दा ठूलो टायल उत्पादन गर्ने उद्योग स्थापना गरेर नेपाली सिरामिक क्षेत्रमा नयाँ इतिहास रचेको छ। अत्याधुनिक प्रविधिद्वारा निर्माण गरिएका यी टायल्स ३,००० भन्दा बढी डिजाइन अप्सनमा उपलब्ध छन्, जसले आधुनिक इन्टेरियरको आवश्यकता अनुसार विकल्प दिन्छ।

नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी विश्वासिला डिलरहरूसँग कजारियाले प्रिमियम टायलको क्षेत्रमा घर-घरमा पहिचान बनाइसकेको छ। कजारियाले ३०x३० सेमी, ३०x६० सेमी, ३०x४५ सेमी, ६०x६० सेमी, ६०x१२० सेमी, र १९.५x१२० सेमीसहित विभिन्न साइजमा भित्ते र भुइँ टायलहरू उपलब्ध गराउँछ। प्रत्येक टायलले स्थानमा शैली र सौन्दर्य थप्न डिजाइन गरिएको छ।

गुणस्तर, टिकाउपन, र इनोभेटिभ डिजाइनमा जोड दिँदै, कजारिया नेपालमा विलासी जीवनशैलीका लागि नयाँ मापदण्ड बनाउँदैछ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.