काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज पनि बजारमा दोहोरो अंकको गिरावट आएको छ । आजसम्म बजार लगातार ४ दिन घट्यो । चार दिनमा बजारमा झण्डै ६५ अंकको गिरावट आएको छ ।
आज बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा घट्दो बजारमा कारोबार बढ्नु खासै राम्रो मान्न सकिदैन । आज यस अघिका ३ कारोबार भन्दा बढी कारोबार भएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले प्रष्ट रुपमा मध्य ब्याण्ड पनि छोडेको छ ।
अब बजारले तल्लो ब्याण्ड अर्थात २६ सय विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ । त्यसैगरि, डेलीबेसमा म्याक्डीमा पनि आज बियरिस क्रसओभर बनेको देखिन्छ । आज हिस्टोग्राम नेगेटिभ बनेको छ । आरएसआई पनि घट्दो क्रममा ४२ को तहमा पुगेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा पछिल्लो पटक बजारमा केही बिक्री दबाब परेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।